सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सर्लाहीको हरिवनमा प्रदर्शन गरेको छ । सरकारले ललितपुरको बालकुमारी घटनामा दुई युवा ः वीरेन्द्र साह र सुजन राउतको विना कारण हत्या गरेको भन्दै रास्वपाले पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा ¥याली निकालेर प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजीसहित उहाँहरुले राजिनामा माग गरे । प्रदर्शनमा रास्वपाका नगर सभापति विनय न्यौपाने, प्रदेश सभा सदस्य इन्द्रजित महतो, भर्खरै कांग्रेसबाट रास्वपामा प्रवेश गर्नुभएका रामहरि न्यौपाने, जिल्ला संयोजक पन्तबहादुर स्याङतान, क्षेत्रीय सभापति रत्नप्रसाद भट्टराई, बाबुराम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
