कमल साह
जनकपुरधाम,पुस ८ गते । प्रेस मंच नेपालद्वारा आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको कार्यशैलीमा सुधार जरुरी छ । विकासको गति तीव्र हुनु जरुरी हो भन्नुभयो ।
उहाँले हामीले सरकारलाई ५३ बुंदामा सुझाव दिएका छौं भन्नुभयो ।
उहाँले भन्नुभयो,‘ब्यूरोक्रेसीमा अहिले पनि ७४% भागीदारी खस आर्यको छ । मात्र २% भागीदारी मधेशीको छ । बहु–भाषी नीति कार्यान्वयनमा छैन। मधेशी कोटा छ, तर खाली राख्छन । पछि खस आर्यले नियुक्ति पाउंछन । राजनीतिक नियुक्ति समावेशी हुंदैन ।’
उहाँले अगाडी भन्नुभयो,‘प्रदेश अधिकारबिहीन छ । न कर्मचारी छ, न पुलिस छ मात्र गाडी छ । मधेशमा दोहरो, तेहरो शासन छ । उल्टो प्रचार छ, प्रदेशको काम छैन ।’
राष्ट्रको ७९% बजेट केन्द्रसंग रहेको बताउँदै जसपाका अध्यक्ष यादवले प्रदेशसंग औसत २% मात्र रहेको बताउनु भयो ।
उहाँले मधेशबाट अहिले पनि ७०% राजस्व आमदनी जान्छ केन्द्रमा बताउँदै अगाडी भन्नुभयो मधेशको जनसंख्या ५४% छ विकास बजेटमात्र १३% रहेको दुःख दायी कुरा हो ।
उहाँले यसरी पाउने बजेटबाट मधेशको विकास गर्न त कयौं हजार बर्ष लाग्ने बताउनु भयो ।
संघीयता आयो तर, बाटो कठिन रहेको बताउँदै उहाँले गुलामीबाट मुक्ति पाउनु छ भने संघर्ष गर्नैपर्छ स्पष्ट रुपमा बिचार राख्नुभयो ।
उहाँले आपसमा एकतावद्ध हुंदा ठुल्ठुला ताकतले घुंडा टेकेको इतिहास रहेको बताउँदै अधिकारप्राप्तिको लडाई निरन्तर चलिराख्ने प्रकिया हो बिचार राख्नुभयो ।
संविधान कुरुप छ, त्रुटिपूर्ण छ– उपेन्द्र यादव
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
