निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, पुस ७ गते । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ ।
पुस ५ र ६ गते भएको प्रदेश सम्मेलनको उत्कृष्ट प्रचार–प्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।
सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए ।
शारीरिक अपांगताका भएपनि पार्टीको लागि गुप्ता अवरात्र खट्ने गरेको नेताहरूको भनाइ थियो । कांग्रेस मधेस प्रदेशले प्रदेश सम्मेलनको प्रचारप्रसार समितिले स्थानीय भाषामा मैथली, भोजपुरी, नेपाली र बाजिका गरि चार भाषामा र समाजिक संजाल विभिन्न सचारमाध्यम बाट प्रचार–प्रसार गरेको थियो ।