+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मधेश प्रदेशमा जनसांख्यिक चापको प्रभाव बारे बहस हुदै

2 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, मंसिर २७ गते । मधेश प्रदेशमा जनसांख्यिक चापको प्रभाव बारे बहस हुने भएको छ ।
आउदो शुक्रबार नोर्थ साउथ कलेक्टिव्स जनकपुरधामको प्राङ्गनमा बहस हुन लागेको आयोजक मनोज साहले बताए ।
आयोजक साहका अनुसार ‘मधेश विर्मश श्रृख्ला’ अन्र्तगत नोर्थ साउथ कलेक्टिव्सको आयोजनामा प्रत्येक महिना विभिन्न विषयवस्तुमाथि बहस हुँदै आएको बताए ।
सोही मधेश विर्मश श्रृख्लालाई निरन्तरता दिँदै ‘मधेशमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले बताए ।
उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहने बताए ।


यस्तै, विर्मशमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारु र पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन÷अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए ।
मधेशमा गौन रहेको विषयहरुमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए ।
‘मुख्यत हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो,’उनले भने,‘त्योसंग संगै यस प्रकारको कार्यक्रममार्फत गौन रहेको महत्तवपूर्ण मुद्दाहरु पनि बाहिर ल्याउने प्रयास गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले