+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मुटुरोगीको संख्या बढ्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ ः डा.रामकिशोर

2 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन्र १३ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामकिशोर साहले खानपान तथा जीवनशैलीमा हेलचक्र्याई गर्दा मुटुरोगीको संख्या बढ्दै गएको बताएका छन् ।
शुक्रबार विश्व मुटुदिवसको अवसरमा जनकपुरधामको थापाचोक स्थित पार्वती हार्ट सेन्टरले बिरामीको निःशुल्के मुटु जाँच शिविरमा बोल्दै डा. साहले मुटुरोग हुनबाट बच्न तथा लागेपनि खानपान तथा जीवनशैलीमा परिवर्तन गरे त्यसबाट बच्न सकिने बताए ।
सेन्टरका संचालक समेत रहेका सीनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राचार्य डा. राम किशोर साहले धुम्रपान तथा मध्यमान गर्ने व्यक्तिमा मुटुरोगको संक्रमणको जोखिम बढी रहेको समेत बताए ।
धुम्रपान तथा मध्यपान नगर्न उनको सुझाव छ ।


डाक्टर साहका अनुसार विरामी हुँदा मानिसले विशेषज्ञको सल्लाहविनै मनपर्दी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्यमा झनै जोखिम बढ्दै गएको बताए ।
सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामकिशोर साह र उनका पुत्र कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. निश्चल साहले मुटुका बिरामीलाई निःशुल्क जाँच तथा उपचार समेत गरेको बताए ।
सो अवसरमा १८७ जना बिरामीको निःशुल्क जाँच तथा उपचार गरिएको सेन्टरका म्यानेजर विजय कुमार कामतीले जानकारी दिए।
कामतीका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क ईसिजी, इक्को र रगत जाँच गर्नुको साथै औषधि समेत निशुलक प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले