+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मलंगवाको अबस्था सहज बन्दै, दिउँसो खुल्ला राती कफ्यू

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ८ गते । सर्लाही सदरमुकाम मलंगवामा कफ्यू लागेको चौथो दिनमा अवस्था सहज भएपछि दिनको कफ्यू आदेश निष्कृय गरी राती ८ बजे देखी विहान ४ बजे सम्म कफ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगर प्रमुख नागेन्द्रप्रसाद यादव, मधेश प्रदेशका प्रदेश सांसद कौशल किशोरराय यादव लगायतको पदाधिकारीहरुको समन्वय सहजीकरण बैठक बसी कफ्यु आदेश परिमार्जन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो ।
समन्वय सहजीकरण बैठकले मुर्ती सेलाउने क्रममा भएको विवादले मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढंगामुढा प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायत विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम हुन सक्ने स्थिति देखिएकोले अर्को आदेश नहुन्जेल सम्म स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६(क) (१) (३) बमोजिम जारी कफ्यु आदेश परिमार्जन गरी दिनको समयमा कफ्र्यू निष्कृय गरी रातीदेखि विहानसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
यसैगरी सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा, प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायतका विरोद्ध प्रदर्शन गर्ने, समाजिक सदभाव बिगार्ने खालका घटना घटाउने एवम् घटनामा संलग्न जो कोहीलाई कडा कार्वाही गर्ने समन्वय सहजीकरण बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधीकारी ईन्द्रदेव यादवले बताउनु भयो ।
सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि कफ्यू आदेश जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले