सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ३ गते । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ ।
हरिवन–८ पुरानो बजारमा भवन निर्माण पूरा भएपछि आज (बुधबार)बाट वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्न थालिएको वडाध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिए ।
सर्लाही ३ बाट निर्वाचित सांसद हरिप्रसाद उप्रेतीले बुधबार बिहान हरिवन(८ पुरानो बजरमा आयोजित एक कार्यक्रममा वडा कार्यालयको उद्घाटन गरेका छन् ।
संविधान दिवस तथा हरिवन नगरपालिका स्थापना दिवसको अवसर पारेर वडा कार्यालयले आफ्नै भवनबाट प्रशासनिक कामकाज सुरु गरेको हो ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, उपमेयर हरिमाया घलान, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
यसअघि हरिवन(८ को वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।
झण्डै ३३ लाख रुपैयाँको लागतमा भवन निर्माण पूरा भएको हो । हरिवन नगरपालिकाका केही वडा कार्यालय अझै भाडाकै घरमा सञ्चालन हुँदै आएका छन् ।
आफ्नै कार्यालयबाट सेवा सुरु भएपछि वडाले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा अझ प्रभावकारी हुने विश्वास वडाध्यक्ष ढुंगानाले व्यक्त गरे ।
कार्यक्रममा कराँते सिक्दै आएका बालबालिकाले काँटा प्रदर्शन गरेका थिए । त्यसैगरी टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन उपभोक्ता समूह लगायतलाई कार्यक्रममा वडा कार्यालयको तर्फबाट हौसला पत्र प्रदान गरिएको थियो ।
हरिवन ८ को वडा कार्यालय आफ्नै भवनमा, संघीय सांसदले गरे उद्घाटन
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
18 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
