निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १ गते । विभिन्न पार्टी प्रतियाग गरेर १५ जना आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस मधेस प्रदेश पार्टी कार्यालय जनकपुरधाममा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि पार्टी सभापति एवम् भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले सबै जनालाई टीका र गम्छा ओढाएर स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्नु भएकोमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रौतहटका यमुनामाई गाउपालिका अध्यक्ष ताज मोहम्मद, जिल्ला कार्यसमिति सदस्य गणेशी पासवान,सम्सुल मिया, जमिल अख्तर, सैनुल मिया,संजय साह, अभताव आलम, जाहारुन मिया, जैमुदिन मिया, तवरेज आलम, मोहम्मद समसाज, जरनैल हुसेन , सेख खुसैत र सत्यम सिंह पार्टी प्रवेश गरेका छन् ।
