कमल साह
जनकपुरधाम,साउन २२ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मटिहानीको तस्मैया बाबा पार्कमा लागेको ११० फिट अग्लो नेपालको राष्ट्रिय झण्डाको झण्डोतोलन गर्नुभयो । मटिहानी नगरपालिका द्वारा सो पार्क र राष्ट्रिय झण्डा निर्माण गरिको थियो ।
पौराणिक तथा ऐतिहासिक नगर मटिहानीमा मटिहानी महोत्तरी जिल्लाको पूर्वी–दक्षिणी कुनामा नेपाल–भारत सीमाको काँखमा अवस्थित नगर हो । सीतारामजीको शुभ विवाहमा यज्ञ वेदी निर्माण का लागि माटो यहि खनिएको भनिन्छ ।
मटिहानी गरपालिका प्रमुख हरि प्रसाद मण्डलले लक्ष्मिनारयण मठ, संस्कृत विद्यालय तथा मटिहानीको इतिहास राष्ट्रपति यादवलाई सुनाउनु भयो ।
दशगजा नजिकमा फहराई रहेको राष्ट्रिय झण्डाले नेपालको साक, नाज र गौरव झल्काईरहेको छ ।
यो झण्डा भारतीय क्षेत्रबाट बि.सं १७५० तिर महान् तपस्वी तस्मैया बाबाले स्थापना गरेको लक्ष्मीनारायण मठ नेपालको सबैभन्दा ठूलो वैष्णव मठ हो। यो नै सबैभन्दा ठूलो राजगुठी अन्तर्गतको मठ रहेको मेयर मण्डलले उपराष्ट्रपतिलाई जानकारी गराए। उनले भने, ‘मठद्वारा नै बि.सं १७७५ मा स्थापित राजकीय संस्कृत माध्यमिक विद्यालय (संस्कृत पाठशाला) नेपालकै प्रथम र ३०५ वर्ष पुराना विद्यालय हो।’
निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा वीरगति प्राप्त शहीद केशव कोइरालाको शहादत स्थल र उनको स्मारक पनि रहेको छ। ‘मटिहानी प्राचीन कालदेखि नै यस क्षैत्रकै ख्यातिप्राप्त हाटबजारको रुपमा नेपाल–भारतमा सुपरिचित रहिआएको छ। लक्ष्मीनारायण मठको सान्निध्यमा रहेको लक्ष्मीसागरको महिमाको वर्णन बृहत् विष्णु पुराणमा पाइन्छ,’ मेयर मण्डलले उपराष्ट्रपति यादवलाई भने, ‘त्यसै महिमालाई उजागर गर्नका लागि उक्त लक्ष्मीसागरमा विगत तीन वर्षदेखि हरेक गुरुवार साँझ नगरपालिकाद्वारा हजारौं श्रद्घालु भक्तजनको सहभागितामा भगवान् लक्ष्मीनारायणको महाआरतीको आयोजना हुँदै आएको छ। ’ त्यसैले मटिहानी नगरलाई प्राचीन नगरको रूपमा विकास गरिनुपर्नेमा मेयर मण्डलले उपराष्ट्रपतिसँग माग राखे ।
नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै अवस्थित मटिहानी नगरनिवासीहरु सीमा रेखाका सच्चा प्रहरी रहेको मेयर मण्डलले उनलाई जानकारी गराए। मधेस एवं मधेसी जनतामा रहेको त्यही राष्ट्रियता र राष्ट्र प्रेमले ओतप्रोत भावनाको प्रष्फुटनस्वरुप सर्वोच्च राष्ट्रिय झण्डाको आरोपण गरिएको व्यहोरा निवेदन गरे ।
मटिहानीको अतीत गौरवशाली रहे पनि अचेल महान् परम्परालाई जोगाइराख्न र विकासका प्रक्रियाहरू चलाउन अनेक चुनौतीहरू रहेको मटिहानी नगरपालिकाले जनाएको छ ।
उपराष्ट्रपति यादव द्वारा नेपालको अग्लो झण्डा फहराइयो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
17 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
