उपराष्ट्रपति यादव द्वारा नेपालको अग्लो झण्डा फहराइयो
2 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,साउन २२ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मटिहानीको तस्मैया बाबा पार्कमा लागेको ११० फिट अग्लो नेपालको राष्ट्रिय झण्डाको झण्डोतोलन गर्नुभयो । मटिहानी नगरपालिका द्वारा सो पार्क र राष्ट्रिय झण्डा निर्माण गरिको थियो ।
पौराणिक तथा ऐतिहासिक नगर मटिहानीमा मटिहानी महोत्तरी जिल्लाको पूर्वी–दक्षिणी कुनामा नेपाल–भारत सीमाको काँखमा अवस्थित नगर हो । सीतारामजीको शुभ विवाहमा यज्ञ वेदी निर्माण का लागि माटो यहि खनिएको भनिन्छ ।
मटिहानी गरपालिका प्रमुख हरि प्रसाद मण्डलले लक्ष्मिनारयण मठ, संस्कृत विद्यालय तथा मटिहानीको इतिहास राष्ट्रपति यादवलाई सुनाउनु भयो ।
दशगजा नजिकमा फहराई रहेको राष्ट्रिय झण्डाले नेपालको साक, नाज र गौरव झल्काईरहेको छ ।
यो झण्डा भारतीय क्षेत्रबाट बि.सं १७५० तिर महान् तपस्वी तस्मैया बाबाले स्थापना गरेको लक्ष्मीनारायण मठ नेपालको सबैभन्दा ठूलो वैष्णव मठ हो। यो नै सबैभन्दा ठूलो राजगुठी अन्तर्गतको मठ रहेको मेयर मण्डलले उपराष्ट्रपतिलाई जानकारी गराए। उनले भने, ‘मठद्वारा नै बि.सं १७७५ मा स्थापित राजकीय संस्कृत माध्यमिक विद्यालय (संस्कृत पाठशाला) नेपालकै प्रथम र ३०५ वर्ष पुराना विद्यालय हो।’
निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा वीरगति प्राप्त शहीद केशव कोइरालाको शहादत स्थल र उनको स्मारक पनि रहेको छ। ‘मटिहानी प्राचीन कालदेखि नै यस क्षैत्रकै ख्यातिप्राप्त हाटबजारको रुपमा नेपाल–भारतमा सुपरिचित रहिआएको छ। लक्ष्मीनारायण मठको सान्निध्यमा रहेको लक्ष्मीसागरको महिमाको वर्णन बृहत् विष्णु पुराणमा पाइन्छ,’ मेयर मण्डलले उपराष्ट्रपति यादवलाई भने, ‘त्यसै महिमालाई उजागर गर्नका लागि उक्त लक्ष्मीसागरमा विगत तीन वर्षदेखि हरेक गुरुवार साँझ नगरपालिकाद्वारा हजारौं श्रद्घालु भक्तजनको सहभागितामा भगवान् लक्ष्मीनारायणको महाआरतीको आयोजना हुँदै आएको छ। ’ त्यसैले मटिहानी नगरलाई प्राचीन नगरको रूपमा विकास गरिनुपर्नेमा मेयर मण्डलले उपराष्ट्रपतिसँग माग राखे ।
नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै अवस्थित मटिहानी नगरनिवासीहरु सीमा रेखाका सच्चा प्रहरी रहेको मेयर मण्डलले उनलाई जानकारी गराए। मधेस एवं मधेसी जनतामा रहेको त्यही राष्ट्रियता र राष्ट्र प्रेमले ओतप्रोत भावनाको प्रष्फुटनस्वरुप सर्वोच्च राष्ट्रिय झण्डाको आरोपण गरिएको व्यहोरा निवेदन गरे ।
मटिहानीको अतीत गौरवशाली रहे पनि अचेल महान् परम्परालाई जोगाइराख्न र विकासका प्रक्रियाहरू चलाउन अनेक चुनौतीहरू रहेको मटिहानी नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
