कमल साह
जनकपुरधाम,साउन ७ गते । धनुषाका कमला नगरपालिकाले वृद्धवृद्धाहरुको समाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमै वितरण गर्ने व्यवस्था गरेको छ ।
धनुषा जिल्लामा कमला नगरपालिका पहिलो पालिका रहेको छ । जहाँ बैंकका कर्मचारीहरु वडावडामै गएर समाजिक सुरक्षा भत्ता गत मँगलबारदेखि वितरण गर्दैछन ।
नगर प्रमुख विशेश्वर यादवले वृद्धवृद्धाहरुलाई बैंकमा सास्ती भोग्नुपरेको गुनासो बढेपछि सघारा बैंकमा जानुपर्ने बाध्यता अन्त्य गर्न विशेष पहल गरिएको बताउनु हुन्छ । एन आई सी एशिया बैंक सघारासंग भएको सहमति अनुसार अब वडावडामै गएर समाजिक सुरक्षा भत्ता वितरण हुन्छ उहाँ थप्नुहुन्छ ।
कमला नगरपालिकाका पँजीकरण शाखा प्रमुख अभाष यादवका अनुसार साउन २, ३ र ४ गते वडा नं. १ को वडा कार्यालयमा भत्ता वितरण भएको छ ।
त्यस्तै, वडा नं. २ मा साउन ५,७ र ८ गते वडा कार्यालयमै हुने उहाँ जनाएका छन । त्यस्तै वडा नं. ३ को साउन ९,१० र ११ गते, वडा नं. ४ को १२, १४ र १५ गते, वडा नं. ५ मा साउन १६,१७ र १८ गते, वडा नं. ६ मा १९,२१ र २२ गते सामाजिक सुरक्षा वितरण हुनेछ ।
यस्तै, वडा नं. ७ को साउन २३,२४ र २५ गते, वडा नं. ८ को २६,२८ र २९ गते र वडा नं. ९ को सामाजिक सुरक्ष्ााँ भत्ता साउन ३०,३१ र ३२ गते वितरण हुनेछ ।
नगर प्रमुख यादवले आर्थिक वर्षको साधारण सभा समयमा हुन नसकोमा दुःख व्यक्त गर्दै भन्नुहुन्छ, नगरको विकास निर्माण भन्दा आफ्नो स्वार्थहेर्नेहरु सक्रिय हुँदा नै कमलासंगै कतिपय पालिकाहरुले समयमा साधारण सभा गर्नबाट बँचित भएका छन ।
संघीय सरकारले स्थानिय पालिकाहरुलाई असार १० गतेसम्म साधारण सभा गर्ने म्याद निर्धारण गरेको थियो ।