कमल साह
जनकपुरधाम,साउन ७ गते । धनुषाका कमला नगरपालिकाले वृद्धवृद्धाहरुको समाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालयमै वितरण गर्ने व्यवस्था गरेको छ ।
धनुषा जिल्लामा कमला नगरपालिका पहिलो पालिका रहेको छ । जहाँ बैंकका कर्मचारीहरु वडावडामै गएर समाजिक सुरक्षा भत्ता गत मँगलबारदेखि वितरण गर्दैछन ।
नगर प्रमुख विशेश्वर यादवले वृद्धवृद्धाहरुलाई बैंकमा सास्ती भोग्नुपरेको गुनासो बढेपछि सघारा बैंकमा जानुपर्ने बाध्यता अन्त्य गर्न विशेष पहल गरिएको बताउनु हुन्छ । एन आई सी एशिया बैंक सघारासंग भएको सहमति अनुसार अब वडावडामै गएर समाजिक सुरक्षा भत्ता वितरण हुन्छ उहाँ थप्नुहुन्छ ।
कमला नगरपालिकाका पँजीकरण शाखा प्रमुख अभाष यादवका अनुसार साउन २, ३ र ४ गते वडा नं. १ को वडा कार्यालयमा भत्ता वितरण भएको छ ।
त्यस्तै, वडा नं. २ मा साउन ५,७ र ८ गते वडा कार्यालयमै हुने उहाँ जनाएका छन । त्यस्तै वडा नं. ३ को साउन ९,१० र ११ गते, वडा नं. ४ को १२, १४ र १५ गते, वडा नं. ५ मा साउन १६,१७ र १८ गते, वडा नं. ६ मा १९,२१ र २२ गते सामाजिक सुरक्षा वितरण हुनेछ ।
यस्तै, वडा नं. ७ को साउन २३,२४ र २५ गते, वडा नं. ८ को २६,२८ र २९ गते र वडा नं. ९ को सामाजिक सुरक्ष्ााँ भत्ता साउन ३०,३१ र ३२ गते वितरण हुनेछ ।
नगर प्रमुख यादवले आर्थिक वर्षको साधारण सभा समयमा हुन नसकोमा दुःख व्यक्त गर्दै भन्नुहुन्छ, नगरको विकास निर्माण भन्दा आफ्नो स्वार्थहेर्नेहरु सक्रिय हुँदा नै कमलासंगै कतिपय पालिकाहरुले समयमा साधारण सभा गर्नबाट बँचित भएका छन ।
संघीय सरकारले स्थानिय पालिकाहरुलाई असार १० गतेसम्म साधारण सभा गर्ने म्याद निर्धारण गरेको थियो ।
कमला नगरपालिकाको वृद्धभत्ता वितरण वडावडामै
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
18 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
