+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

कहाँ छ अख्तियार ? कहाँ छ सम्पति शुद्धिकरण विभाग ? करोडौं करोडको सम्पत्ति कसरी जोडे लेखा अधिकृत उपेन्द्र यादव ?

2 वर्ष पहिले प्रकाशित

रंजीत चौरसिया,
वीरगंज ७ साउन । यातायात व्यवस्था कार्यालय सवारी शाखामा कार्यारत्त लेखा अधिकृत उपेन्द्र यादवले जागिरको सानै अवधिमा करोडौं करोडको सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

रौतहट जिल्ला निवासी अधिकृत यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां भ्रष्टाचार गर्दै केही खेतिहर जमिन र आलिशान महल जोडन सफल भए । उनी पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा बनाएको घरको तस्विरमा पलास्टर नभए पनि बिगत केही महिना पहिले पलास्टर पनि गराईसकेका छन् ।
अर्को घर उनी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा बनाउन सफल भएका छन् ।
भ्रष्ट अधिकृत यादवले सानै अवधिमा दुई वटा घर, ग्रामीण भेगमा खेतिहर जमिन र वीरगंजको दुई÷तीन ठाउंमा घडेरीहरु उनी आफ्ना विश्वासपात्र आफ्न्तहरुको नाममा किनेको उनका निकटवर्तीहरु बताउंदछन् । हाल उनी सवारी शाखाको लेखा शाखामा लुटतन्त्र मच्चाउदै आफ्ना सहायकहरु मार्फत सेवाग्रहीहरु संग नगदी रसिद काटने नाउमा रु. ५०÷१०० असुल्ने गर्ने गराउने गरेको भुक्तभोगीहरु बताउंदछन् ।
सो कार्यालयमा जाने सेवाग्रहीहरु बैंकमा राजस्व जम्मा गरी लेखा शाखामा नगदी रसिद कटाउन जांदा बाध्यतावस बैंकको ओसी भौचरमा रुपैया बेरेर दिने गरे पछि मात्र सहायकहरुले नगदी रसिद काटने गरेको बताईन्छ । लेखा शाखामा कार्यरत्त कर्मचारीहरु केही करारमा रहेका छन् भने केही बेतल्बी रहेका छन् ।
यतिमात्र कहां हो र ? नयां सवारी दर्ता, नामसारी र बिमा बिनाको सवारी नविकरण लगायतको कार्यहरुमा लेखा शाखालाई सानो सवारी शाखा, ठुलो सवारी शाखा लगायतकाले सवारी धनीहरुलाई भनि निश्चित रकम दिन लगाउने गरेको सेवाग्रहीहरु बताउंदछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले