सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार ३ गते । सर्लाहीको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय(विस्पत)ले गाउँपालिकालाई बालविवाहमुक्त पालिका बनाउने प्रतिबद्धता गरेका छन् । बागमती सेवा समाज, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) र वल्र्ड भिजन इन्टरनेशनलको प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय बालविवाह विरुद्धको संवाद कार्यक्रममा बालबालिकाले सोधेको प्रश्नको जवाफ दिँदै गापा अध्यक्ष रायले अन्य पालिकामा भन्दा पर्सा गाउँपालिकामा बालविवाहको अवस्थामा धेरै नै सुधार भएको बताए ।
उनले जति सक्दो छिटो गाउँपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता जनाए ।
वडा नम्बर २ संग्रामपुर स्थित सतिविहुला मन्दिर प्राङ्गणमा स्थानीय माँ सरस्वती बालक्लवकी अध्यक्ष सुगन्धी यादवको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई पत्रकार सोम दियालीले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न वालक्लवमा आवद्ध बालबालिकाहरुले प्रमुख अतिथी गाउँपालिका अध्यक्ष धिरेन्द्र राय, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई बालविवाह अन्त्यका लागि गाउँपालिकाको योजना के छ ? गाउँपालिकाले गरिरहेको प्रयासहरु के–के छन् ? उमेर नपुगी गरिने र भइरहेका बालविवाह रोक्न जनप्रतिनिधिहरुले किन प्रयास गरिरहेका छैनन् ? लगायत बालविवाह सम्बन्धी थुप्रै प्रश्नहरु गरेका थिए । बालबालिकाले सोधेको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष रायले बालविवाह न्यूनिकरणका लागि आफूहरुले बागमती सेवा समाज, आरआरपिके, वल्र्ड भिजन लगायतका विभिन्न संघसंस्थाहरुसँग मिलेर र पालिका आफैले पनि थुप्रै कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । विगतका तुलनामा गाउँपालिकाभित्र बालविवाहको अवस्थामा धेरै नै सुधार भएको भन्दै बालविवाहलाई शून्यमा झार्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै संवाद कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष गणेश साहले आफ्नो वाडमा ५ प्रतिशत मात्रै बालविवाह हुने गरेको बताए । अहिले बागमती सेवा सामाज, आरआरपिके लगायतका संघसंस्थाले बालबालिकाको क्षेत्रमा हाम्रो पालिकामा काम गर्न थालेपछि मानिसहरुले बालबालिकाको उमेर नपुगी विवाह गर्नु हुँदैन भन्ने कुरा बुझ्दै गएकोले बालविवाहको अवस्थामा सुधार भएको बताए ।
त्यस्तै वडा नम्बर २ का वडाअध्यक्ष राकेश रामले बालविवाह अन्त्यका लागि जनप्रतिनिधि, प्रहरी प्रशासन मात्रै नभई स्वयम बालबालिका पनि जिम्मेवार हुनुपर्ने बताए । उनले आफ्नो वडा र पालिकामा हुने बालविवाह रोक्न आफूले सहयोग गर्ने बताए ।
त्यसै गरी वडा नम्बर ५ का वडाअध्यक्ष अनिल यादवले बालविवाह सामाजिक अपराध र कानूनी रुपमा दण्डनीय भएको कुरा अभिभावकले पनि बुझ्न थालेको भन्दै पहिलाको तुलनामा अहिले थोरै मात्रामा बालविवाह हुने गरेको बताए । उनले बालविवाह हुन नदिन आफूहरु सदैव लागि रहेको बताए । संवाद कार्यक्रममा गाउँपालिको वडा नम्बर २ का अध्यक्ष राकेश राम, वडा नम्बर ५ का वडाअध्यक्ष अनिल यादव, ६ का गणेश साह, बाल अधिकार समितिकी संयोजक सुनिता पासवान, कार्यपालिका सदस्य प्रवीण रजक, सुरसा खातुन, प्रहरी चौकी संग्रामपुरका प्रहरी नायव निरीक्षक दिनेश कुमार पण्डित, सशस्त्र प्रहरी सीमा सुरक्षा विट संग्रामपुरका प्रहरी निरीक्षक कृष्ण बहादुर गुरुङ्ग, आधारभूत विद्यालय पर्साका प्रअ राजनारायण राय, बासुदेव बलराम प्राविका प्रअ रामएकवाल महतो, धर्मगुरुहरु गगनदेव राय, इनुस शेखको आतिथ्यता रहेको थियो । त्यस्तै वल्र्ड भिजनकी प्रतिनिधि सिता चौधरी, बागमती सेवा समाजका बाल संरक्षण तथा सामुदायिक संलग्नता स्पोन्सरशिप कार्यक्रमका प्रमुख प्रमेश बादे श्रेष्ठ, आरआरपिकेका सिकाई परियोजानाका मेथुल साह र पालिका भित्रका विभिन्न रुपान्तरण समूहमा आवद्ध तथा विभिन्न बालक्लवमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको थियो ।
पर्सा गाउँपालिकालाई बालबिवाह मुक्त बनाउने पालिका अध्यक्षको प्रतिबद्धता
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
10 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
