कमल साह
जनकपुरधाम,जेठ ३१ गते । चुरे क्षेत्रमा भईरहेको वन विनाशले अब तराई मधेश क्षेत्रमा आफ्नो लीला देखाउन आरम्भ गरिसकेको छ । यसमाथि अहिल्ये पनि नचेतिए यो क्षेत्र कुनै खाडीका देश भन्दा कम गर्मी नहुने सम्भावना बढदै छ ।
झण्डै ९ नौ महिनादेखि पानी नपरेकोले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेको छ । भने चर्को गर्मी पर्न थालेको छ ।
प्रचण्ड गर्मीले सुक्न गएको पानीका मुहानहरुका कारण कुवाँ,चपाकलमा पानी आउन छोडदा आम जनमानस बीच पानीको त्राहिमाम उत्पन्न भएको छ ।
चुरे भाँवर क्षेत्रमा कुवाहरु सुकेका हुन भने त्यस क्षेत्र भन्दा दक्षिणका गाउँहरु जडान भएको चापाकल,बोरिंगहरु पनि धमाधम सुकिरहेको समाचारहरु प्राप्त भईरहेको छ ।
मधेश प्रदेशका राजधानी एवं धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाम उप महानगरपालिका क्षेत्रमा जडान भएका झण्डै एक तिहाई चापाकलहरु सुकिसकेको मिस्त्रीहरु बताउँछन । यसलेगर्दा अधिकांश जनकपुरवासी खाने पानीको समस्या झेलिरहेका छन ।
चुरे क्षेत्र विनाशको प्रभाव नेपालमा मात्र होईन कि भारतीय क्षेत्रमा समेत त्यसको असरहरु देखापर्न थालेको छ । धनुषा जिल्लाका सीमासंग जोडिएको भारत विहारका मधुवनी जिल्लाका गाउँहरुमा पनि चापाकलहरुले पानी दिन छोडिसकेको समाचारहरु प्राप्त भईरहेका छ ।
मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएको ले त्यस क्षेत्रका चौपाया जनवारलाई समेत पानी खुवानको लागि धो धो परिरहेको जनाएको छ ।
खानेपानीको समस्या समग्रमा हेर्दा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लामा उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनले पानीका श्रोतहरू सुक्न थालेको एकजना व्यक्तिले अडकल काटी रहेका हुन । तर, त्यो कति जायज नजायज हो प्राविधिकहरुले नै छुट्याउने हुन ।
जनकपुरधाममा ४०० फिटमा जडान भएको अधिकांश चापाकलमा पानी आउन बन्द भएपछि सर्वसाधारणहरू मार्कामा पर्नथालेका छन् ।
पानी उद्योगको चल्ती
तर,उपमहानगर मौन
जनकपुरधाम उपमहानगरका चापाकलहरुमा पानी आउन छाडेपछि कतिपय व्यक्ति पानी किनेर खान थालेका छन । स्थानी य लालबाबु भगत भन्छन,‘ नुहाउन,चर्पी जानको लागि चाहिएको पानी जोहो गर्न मध्यरातदेखि भौतारीनु पर्ने अचेल हाम्रो बाध्यता बन्न गएको छ ।’ तर, खानेपानीको लागि पानी उद्योगका पानी दैनिक खरिद गर्दै आएको उहाँ बताउनु हुन्छ ।
जनकपुरधाम नगरमा पानीको समस्या यति विकराल भएपनि जनकपुरधाम उपमहानगर ले पानी बाँडनको लागि कुनै किसिमको कदम उठाउन नसकेको देखेर यहाँका सचेत नागरिक दुःख व्यक्त गर्दैछन ।
लामो समयदेखि वर्षा नभएकोले यहाँका धेरै चापाकलहरु सुकेको जानकारी दिनुभयो ।
डिपबोरिंग सुक्यो
जनकपुरधामको ऐतिहासिक थलोहरु मध्येको एक नगर डिहवार गंगासागर स्थितको डिप बोरिङ सुकेको छ । विगत पाँच दिनदेखि सो डिप बोरिङमा पानी आउन बन्द भएको छ । यहाँबाट दैनिक हजारौँ व्यक्तिहरू स्वच्छ तथा शीतल पानी सेवन गर्नबाट वञ्चित भएको जनक युवा कमिटिका अध्यक्ष मनोज राय ले बताउनु भयो ।
बढदो शहरीकरणले जनकपुरधाम उपमहानगरका घना वस्ति भएका ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ । पानी आउन बन्द हुँदा सर्वसाधारणलाई निक्कै समस्या उत्पन्न भएको छ ।
यदी यस्तै अवस्था रहियो भने अगामी दिनमा यहाँ खानेपानीको थप जटिलता उत्पन्न हुनेछ ।
खानेपानीलाई
भ्याई नभ्याई
सुखा मौसमसंगै उत्पन्न भएको पानी समस्या समाधान गर्न कतिपय जनकपुरवासी खानेपानीको ग्राहक बन्न अग्रसर भएका छन । जनकपुरमा संचालित खानेपानी संस्थानको क्षमता भन्दा बढी ग्राहकको झुकाब त्यसतर्फ आकर्षित भईरहेको देखिन्छ । त्यहाँ कार्यरत कर्मचारीलाई नयाँ मिटर जडान गर्न अचेल भ्याई नभ्याई रहेको देखिन्छ ।
यसरी खानेपानीको लागि ग्राहको आकर्षण बढदै रहियो भने भोलीका दिनमा सफा,स्वच्छ खानेपानी खुवाउने प्रतिबध्ता लिएको खानेपानी संस्थान पनि फेल हुने सम्भावन बढदैछ ।
चुरेविनाशको लीला अब मधेश प्रदेशमा देखा प¥यो यस क्षेत्रमा एकतिहाई भन्दामाथिका चापाकल सुक्यो
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
11 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
4 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
संवाददाता
