ए.आई ५७ समुहले मनाईयो स्थापना दिवस
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,जेष्ठ १७ गते । एम्नेस्टि इन्टरनेशनल नेपाल समुह(युवा) ५७ लगायत ले जेष्ठ १४ गते स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेर मनाएको छ ।
यसरी विश्वका करिब १५० देशका अनेक शहरमा ए.आई.स्थापन दिवस अवसरमा विभिन्न कार्यक्रम गरी मनाईयो ।
एम्नेस्टि इन्टरनेशनल नेपालको अह्वानमा ए.आई.नेपाल युथ समुह ५७, वुद्धिजिवी समुह १५ र महिला समुह ४६ ले जेष्ठ १४ गते संयुक्त रुपमा मैनवत्ति प्रज्वलन गरी मनाईयो ।
विश्व विख्यात एवं नेपालको धरोहरहरुमध्येको एक जानकी मन्दिर आंगनमा आयोजित मैनवत्ति प्रज्वलन कार्यक्रममा शान्तिको कामनाका समेत गरिएको छ ।
सो मैनवत्ति प्रज्वलन कार्यक्रमका अध्यक्षता गर्दै ए.आई.नेपाल समुह ५७ का संयोजक कमल साह ले आस्थाका बन्दीदेखि मानवको जीवनमा हुने हरेक प्रकारका शोषण एवं उत्तपिडनको विरुद्धमा समेत ए.आई.नेपालले आवाज उठाउँदै आएको बताउनु भयो ।
उहाँले खाडी मुलुकमा नेपाली कामदारमाथि भईरहेको श्रम शोषण,महिलाको आंग खस्ने लगायतका आवाज नेपालमा उठाउने पहिलो संस्था एम्नेस्टि इन्टरनेशनल नेपाल नै रहेको जानकारी गराउनु भयो ।
आस्थाका वन्दिको रक्षाका लागि स्थापित संस्था एम्नेस्टि इन्टर नेशनलको स्थापना मई २९ तारिखका दिन भएको हो ।
यस अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमको ए.आई. नेपाल समुह १५ का संयोजक मुरारी मिश्र, ए.आई. नेपाल समुह ४६ का पूर्व संयोजक इन्दरा चौधरी लगायत ले शुभकामना मन्तव्य राख्नुभयो ।
सो कार्यक्रममा ए.आई. नेपाल समुह ५७ का पूर्व संयोजक रमेश साह, महिला समुहका सक्रिय कार्यकर्ता जमुना भुजेल लगायतका उपस्थिति रहेको थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
