कमल साह
जनकपुरधाम,जेष्ठ १७ गते । एम्नेस्टि इन्टरनेशनल नेपाल समुह(युवा) ५७ लगायत ले जेष्ठ १४ गते स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गरेर मनाएको छ ।
यसरी विश्वका करिब १५० देशका अनेक शहरमा ए.आई.स्थापन दिवस अवसरमा विभिन्न कार्यक्रम गरी मनाईयो ।
एम्नेस्टि इन्टरनेशनल नेपालको अह्वानमा ए.आई.नेपाल युथ समुह ५७, वुद्धिजिवी समुह १५ र महिला समुह ४६ ले जेष्ठ १४ गते संयुक्त रुपमा मैनवत्ति प्रज्वलन गरी मनाईयो ।
विश्व विख्यात एवं नेपालको धरोहरहरुमध्येको एक जानकी मन्दिर आंगनमा आयोजित मैनवत्ति प्रज्वलन कार्यक्रममा शान्तिको कामनाका समेत गरिएको छ ।
सो मैनवत्ति प्रज्वलन कार्यक्रमका अध्यक्षता गर्दै ए.आई.नेपाल समुह ५७ का संयोजक कमल साह ले आस्थाका बन्दीदेखि मानवको जीवनमा हुने हरेक प्रकारका शोषण एवं उत्तपिडनको विरुद्धमा समेत ए.आई.नेपालले आवाज उठाउँदै आएको बताउनु भयो ।
उहाँले खाडी मुलुकमा नेपाली कामदारमाथि भईरहेको श्रम शोषण,महिलाको आंग खस्ने लगायतका आवाज नेपालमा उठाउने पहिलो संस्था एम्नेस्टि इन्टरनेशनल नेपाल नै रहेको जानकारी गराउनु भयो ।
आस्थाका वन्दिको रक्षाका लागि स्थापित संस्था एम्नेस्टि इन्टर नेशनलको स्थापना मई २९ तारिखका दिन भएको हो ।
यस अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमको ए.आई. नेपाल समुह १५ का संयोजक मुरारी मिश्र, ए.आई. नेपाल समुह ४६ का पूर्व संयोजक इन्दरा चौधरी लगायत ले शुभकामना मन्तव्य राख्नुभयो ।
सो कार्यक्रममा ए.आई. नेपाल समुह ५७ का पूर्व संयोजक रमेश साह, महिला समुहका सक्रिय कार्यकर्ता जमुना भुजेल लगायतका उपस्थिति रहेको थिए ।
ए.आई ५७ समुहले मनाईयो स्थापना दिवस
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
13 घन्टा पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
13 घन्टा पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
2 दिन पहिले
संवाददाता
