सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ १२ गते । प्रभु साह नेतृत्वको आम जनता पार्टी सर्लाहीको जिल्ला इन्चार्जमा दीपक कुमार रानाभाट चयन भएका छन् ।
केही समयअघि नेपाली कांग्रेस परित्याग गरी आम जनता पार्टीमा लागेका रानाभाटलाई सुरुमा केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको थियो । उनलाई अहिले फेरि जिल्ला इन्चार्जको जिम्मेवारी समेत तोकिएको हो ।
रानाभाट कांग्रेस बागमतीको नगर सभापति थिए । कांग्रेसले लामो समयदेखि नगर अधिवशेन समेत गर्न नसकेको र पार्टीभित्र अनेक कलह रहेकाले ती सबैलाई त्यागेर आफू आम जनता पार्टीमा प्रवेश गरेको रानाभाटले बताए ।
बैशाख २७ गते बयलवासमा भएको प्रथम जिल्ला भेलाबाट रानाभाटलाई इन्चार्ज र तुलसी प्रसाद हुमागाईलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको पार्टीले विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।
सो पार्टीको १०१ सदस्यीय जिल्ला कमिटीमा सुरेश राय यादव, गंगा भण्डारी र प्रमोद साह उपाध्यक्ष, नवीन साह सचिव, जितेन्द्र सिंह दनुवार सहसचिवसहित अन्य सदस्य रहेका छन् ।
