+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

क्यान्सर रोगको उपचार होमियो पैथ पद्धतिमा फेला प¥यो

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, जेष्ठ ९ गते । क्यान्सर रोग को उपचार होमियो पैथ पद्धतिमा पनि फेला परेको छ । होमियो पैथी चिकित्सक उपेन्द्र साह ले जोखीम रोगको औषधी होमियो पद्धतिमा पाएपछि उनि खुसी व्यक्त गर्दैछन । त अर्का तर्र्फ क्यान्सर रोग ले अबेलामै स्मशान बाटोबाट फर्किन पाउने प्रध्यापक पुष्पेन्द्र प्रसाद यादव डा. उपेन्द्र साह लाई मुरी मुरी धन्यबाद प्रकट गर्दैछन ।
सप्तरी जिल्ला हनुमाननगर कंकालनी नगरपालिका भारदह निवासी पुष्पेन्द्र्र प्रसाद यादव ४४ वर्षको हुँदा उनलाई पेशाब फेर्नमा समस्या हुनथाल्यो । प्रध्यापन पेशामा रहनु भएको पुष्पेन्द्र उपचारको लागि धरानको घोपा क्याम्पबाट प्रचारीत विपी कोईराला शिक्षण अस्पतालमा पुग्नुभयो ।
त्यहाँका चिकित्सकहरुले पुष्पेन्द्र रोगबाट चेपिएको भन्दै पहिला शैल्यक्रिया गर्न भन्यो । र त्यसपछि आउने व्यापसी रिपोर्ट अधारमा रोगको औषधी चल्नेछन भनि उनिहरुले सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार पुष्पेन्द्रको २०७७ फागुन १० गते शैल्यक्रिया भएको बताउँछन ।
उनी भन्छन,‘व्यापसी रिपोटमा क्यान्सर ठहर भएर आएको ले रोगको रिकभरी गर्न चिकित्सकहरुको समुह ले ८ वटा केमो चढाउनु पर्ने लेख्नु भयो । त्यस अनुसार एक पछि अर्को गर्दै ७ वटा केमो चढयो । तर, पुरै शरीर सुनेर आयो । ’ चिकित्सकले रोगी पुष्पेन्द्रलाई ८ औं केमो चढाउने अवस्था नरहेको बताउँदै काठमाण्डौ या भरतपुर लग्न सल्लाह दिईयो ।
दुई बच्चाका सन्तान पुष्पेन्द्र जसरी पनि निको होस् परिवारको प्रयास थियो । त्यसैले उनका अभिभावक वर्ग चितवनको भरतपुर क्यान्सर अस्पताल लग्यो । त्यहाँका चिकित्सकहरुले पुष्पेन्द्रको शरीर देख्दै काठमाण्डौ स्थित हरिसिद्धीमा संचालित क्यान्सर अपस्तल पु¥याउन सल्लाह दिएको उनि बताउँछन । त्यहाँका चिकित्सहरुले केमो औषधी चढदा रोग निको हुनुपर्ने थियो ।
तर, पुष्पेन्द्रको रोग उल्टै चौथा स्टेजमा पुगेको बताउदै यसलाई अर्को केमो चढाउने अवस्था नरहेको भन्नुभयो । त्यहाँ कार्यरत एक चिकित्सकले जनकपुरधाममा रहेको होमियो पैथी चिकित्सक संग एक पल्ट सल्लाह लिन सुझाब दिएको उहाँ थप्नुहुन्छ ।


पुष्पेन्द्रको अभिभावकले चिकित्सकको बारेमा सोधीखोजी गर्दा डा. उपेन्द्र साहको नाम अउँदा उनिसंग सम्पर्क भयो । चिकित्सक साह ले सबै प्रिकेप्सन हेरेर औषधी दिनुभयो उहाँ बताउनु हुन्छ ।
सप्तरीको सदरमुकाम राजबिराज नगरपालिका–६ मा हाल बस्दै आउनु भएको पुष्पेन्द्र भन्नुहुन्छ,‘ डा. उपेन्द्र साह संग २०७८ साल कार्तिक २५ गते सम्पर्क भयो । र दिएको औषधी सोही दिनदेखि खान थालेको थिए ।’ औषधी खाने शुरु गरेको २ महिनामा रोग निको हुनलागेको उहाँ थप्छन ।
उहाँका अनुसार औषधी १ वर्ष खाएपछि होमियो पैथिक चिकित्सक साह को सल्लाहमा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापसी गराउँदा निगेटिभ रिपोर्ट आयो । त्यसमा हामीलाई विश्वास नभएको ले फेरी अर्को व्यापसी गराउँदा निगेटिभ रिर्पाेट आउँदा डाक्टरले तपाई क्यान्सर रोगबाट मुक्त भएको भन्दै बधाई दिएको थियो ।
‘म’ हरेक तीन तीन महिनामा व्यापसी जाँच गराउँदै आएको बताउँदै उहाँ थप्नुहुन्छ,‘ त्यहाँको चिकित्सहरु ले होमियो पैथिक पद्धतिमा पनि क्यासर रोग निको पार्ने औषधी रहेको भन्दै छक्क पर्नुभयो ।’
प्रध्यापक पुष्पेन्द्रको क्यान्सर निको भएको देखेर त्यस क्षेत्रका कतिपय क्यान्सर रोगी उपचार गराउँदैछन । अब हेर्दैछु, होमियो डाक्टर साह संग उपचार गराईरहनु भएका क्यान्सर पिडीतहरुलाई कति दिनमा रोग निको हुन्छ ।
होमियो पैथबाट डी.एच.एम.एस.सर्जरी अनर्स गर्नु भएको डा. उपेन्द्र साह भन्नुहुन्छ,‘ कुन रोगको औषधी के हो त्यो निरंन्तर रिसर्च गर्दै आएको बाट नै आज क्यान्सरको औषधी पत्ता लाग्न गएको छ ।’ होमियो पद्धति निरंन्तर रिसर्चको थलो हो भन्दै प्रेरणा दिन मेरो गुरु भारत लहेरियासराय दरभंगाका सिन्हा होमियो पैथिक मेडिकल कोलेज एण्ड हस्पिटलका प्रा.डाक्टर सलिम बाबु हुन्नुहुन्छ डा साह बताउँदै भन्नुभयो, ‘यो सबै उहाँको नै देन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले