एकिकृत सरकारी कर्मचारी सँगठनको प्रथम अधिवेशन र प्रदेश कार्यसमिति चयन
3 वर्ष पहिले प्रकाशित
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ६ गते । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशन जनकपुरधाम सम्पन भएका छन् । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशनको प्रमुख अतिथि मान्य रत्नेश्वर लाल गोईत रहनु भएको थियो ।

सो कार्यक्रम को अध्यक्षता एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको जय कान्त झा ले गनुभएको थियो । यस कार्यक्रम मा मधेश प्रदेशका आठौ जिल्लाबाट एकिकृत सरकारी कर्मचारी सँगठनका कर्मचारीहरु उपस्थिती भएका छन् । यस कार्यक्रममा बिभिन्न वक्ताहरुले आफनो धारणा र सुझावहरु राखनु भएको थियो ।

एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमिति मा सर्वसहमतीले २४ जनाको प्रदेश कार्यसमिति चयन गर्नु भएका छन् ।
एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमितिमा अध्यक्ष पदमा तुलाकृष्ण गोईत, उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रशाद यादब, सुशिला कुमारी सिंह, महासचिबमा सुरेश कुमार रोहिता, सचिबमा मनोहर मुखिया, चन्द्र भुषण साह, रेणु यादब, कोषाध्यक्षमा नवनित कुमार झा, सदस्यहरुमा विरेन्द्र प्रसाद साह, अनिता कुमारी महतो, सरोज कुमार साह, धर्मेन्द्र कुमार गोईत, बसन्त कुमार झा, मनोज कुमार साह, श्याम मण्डल, सुरेश कुमार यादब, रातु राय यादब, लाख्य गोईत, प्रमोद कुमार मण्डल, सत्यनारायण पंडित, मनोहर कुमार पंडित, चन्द्रदेब शर्मा, दिलिप कुमार यादब, प्रदेश कार्यासमिती चयन भएका छन् ।
शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षको नेतृत्वमा तुलाकृष्ण गोईत र महासचिब नेतृत्वमा सुरेश कुमार रोहिता ले सम्हालेका छन् ।
सम्पूर्ण सरकारी कर्मचारीहरु एक जुट होऔँ नारा सहित जनकपुरमा भएको मधेश प्रदेश कार्य समितिको प्रथम अधिवेशनबाटसुरेश कुमार रोहितालाई महासचिवको जिम्मेवारी दिएको हो । सर्व सहमतिबाट समपूर्ण नयाँ प्रदेश कार्यसमितिको जिम्मेवारी दिइएका छन् ।
कार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण भव्यताका साथ गराइएको हो । सो कार्यक्रमा आठौ जिल्लाबाट ३५० सय भन्दा बढी सरकारी कर्मचारीहरु उपस्थिती रहेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
