मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन द्धारा जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन–पत्र बुझाएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले नेपाली नागरिकहरुलाई गैर कानुनी रुपमा भुटानी शरणार्थी बिदेश पठाउने मानव बेचविखन जस्ता जधन्य अपराध गर्ने अपराधिहरुलाई कानुन अनुसार काठघेरामा उभ्याई नेपालको प्रचलित कानुन बमोजिम आवशयक कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले जोडदार माग गर्दै जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन पत्र बुझाएका छन् ।


सो ज्ञापन पत्र बुझउनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि धनुषाका अध्यक्ष शिवचन्द्र झा, युवा संघ धनुषा का अध्यक्ष शैलेन्द्र यादब, अखिल नेपाल राष्ट्रिय सो यु का स्थाई कमिटि सदस्य संतोष यादब, अखिल नेपाल राष्ट्रिय सो यु का सदस्य आर्दश मण्डल , निरज गुप्ता लगायत १० जनाले जिल्ला प्रशाासन कार्यालय धनुषालाई ज्ञापन पत्र बुझाएका छन् ।