प्रिंन्स मिश्रा, कपिलवस्तु
कृष्णनगर, बैशाख ३० गते । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकिमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरीकको स्वास्थ्य माथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसुति सेवा संचालन गरेको जनगुनासो आएको छ ।
पहिलो निर्वाचनमा शिवराज नगरपालिकाको स्वतन्त्र उपमेयर पदका उमेद्वार र दोस्रो निर्वाचनमा नेपालि काग्रेसबाट शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष पदका उमेद्वार भएर हार ब्यहोरेका हरी पोखरेलको संरक्षणमा पत्नी पुनम पोखरेलले यस्तो काम गर्दै आएकी हुन । नेपाली काग्रेसको प्रभावशालि नेता पोखरेलको राजनैतिक आडमा विगत वर्ष देखि विना दर्ता अवैध रुपमा प्रसुति सेवा संचालन गरेकी हुन । राजनैतिक पहुचको भरमा संचालन गरेको प्रसुती सेवाको कसैले विरोध गर्न सकेका छैन्न । सामाजिक संजालमा सकृय पोखरेल अरुलाई उपदेश दिने गरेपनि आफ्नो संरक्षणमा विगत वर्षदेखि विना दर्ता अवैध रुपमा प्रसुति सेवा संचालन गरिरहेका छन ।
निस्वार्थ सेवा गर्ने स्वास्थय कर्मचारी हुनुपर्ने पुनम पोखरेलले गर्ववती महिलाहरूलाई आफ्नो घरमा प्रसुति गराउन दवाव दिने र मोटो रकम असुल्दै आएकि छिन । आफ्नो घरमा प्रसुति गराउन आउने महिलालाई आक्सीटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एच ओ को मापदण्ड अनुसार प्रयोग नगरि जथाभावि प्रयोग गर्नाले महिला स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिन्छ ।
स्वास्थ्य चौकि विरपुरमा २४ घण्टे प्रसुती सेवा संचालन भएपनि आफ्नो घरबाट विना दर्ता सेवा संचालन गरिको हो । यसबारे शिवराज नगरपालिका स्वास्थ्य शाखामा बुझ्दा नगरपालिकामा पटक पटक यस्तो गुनासो आएपछि सेवा संचालन नगर्न वा दर्ता प्रकृया पुरा गर्न बारम्बर सुझाव दिदा पनि बेवास्ता गरेको शाखा प्रमुख चुडामणि भट्टराईले बताए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसुती कार्य शून्यमा ल्याउने निति अवलम्बन गरेको छ ।
दर्ता विना आफ्नै घरमा अबैध प्रसुति सेवा संचालन
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
