कमल साह
जनकपुरधाम,वैशाख २७ । विज्ञान र प्रविधिको युगमा कुनै राष्ट्रको समुन्नत विकासका लागि सूचना प्रविधिसंगै साईबर सुरक्षालाई पहिलो प्राथमिक्तामा राख्नु पर्दछ । त्यसो भएपछि एउटै व्यक्तिलाई नागरिकता प्रमाण पत्र बनाउन, सबारी साधनको लाईसेन्स लिन , लोकसेवा आयोग लगायतका फारम भर्न पटक पटक साईवरमा जानुपर्ने बाध्यता हट्ने छन ।
यस प्रकारका समस्या समाधानका लागि मधेश सरकार कार्य योजना बनाईरहेको मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले बताउनु भयो ।
उहाँले विज्ञान प्रविधिको प्रयोग विना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताउनु हुन्छ ।
कम्प्युटर एशोसिएशन मधेश प्रदेश र कम्प्युर एशोसिएशन धनुषा शाखाको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा विहिवार यहाँ आयोजित साइबर सुरक्षा सम्बन्धि कार्यक्रममा मन्त्री यादवले उक्त बिचार राख्नु भयो ।
मन्त्री यादवले कोरोनादेखि डिजिटल प्रविधिको अधिकत्म प्रयोगमा आएको थप्नु भयो । उहाँले कोरोना कालमा पठन पाठनदेखि राजनीतिक दलहरूको मिटिङहरुसमेत सूचना प्रविधिको अधिकतम प्रयोगबाट भएको स्मरण बताउनुुभयो ।
उहाँ अहिले मोबाइलको दुरुपयोग बढेको बताउँदै यसको दुरुपयोग रोकेर सूचना प्रविधिको क्षेत्रमा युवाहरुलाई डो¥याउन क्यानले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकार विद्यालय तहमा कसरी डिजिटल शिक्षा प्रदान गर्न सकिन्छ, कुरा प्रति आफू गम्भीर रहेको बताउनुभयो ।
कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।
उहाँले अहिले सूचना प्रविधिको क्षेत्रमा साइबर सेक्युरिटी चुनौती बन्दै आएको ले क्यान प्रदेश प्रदेशले जनचेतनाको लागि यो कार्यक्रम ल्याएको बताउनु भयो ।
सो कार्यक्रमका प्राविधिक प्रशिक्षक हेमन्त बरालले हार्यकर,हाईकिंग,फिसिंग,साईवर विईलिंग,सामाजिक संजालका बारेमा सचेत गराउनु भयो । उहाँ नचिनेका व्यक्तिलाई प्रैmण्ड रिक्वेष्ट नगर्नु,सामाजिक संजालमा अनेकौ ठगि धन्दा भईरहेको बताउँदै ठगहरु प्रलोभन देखाएर धन इज्जत लिनेहरुबाट सावधान थप्नुभयो ।
क्यान मधेश प्रदेशका अध्यक्ष धन्नजय महत्तोको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नरेश दास ,दिपेन्द्र साह,विनय साह लगायतले मन्तव्य राख्नुभयो । अन्तमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत लगायतका सहभागिहरु संग प्यानल डिस्कर्षण भएको थियो ।
सुशासन र समृद्धिका लागि सूचना प्रविधि तथा साईवर सुरक्षा
3 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
14 घन्टा पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
14 घन्टा पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
2 दिन पहिले
संवाददाता
