सन्जु कर्ण, सर्लाही,
सर्लाही, बैशाख १६ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आउने हुने भएको छ ।
नेकपा माओवादी केन्द्रले राखेको विभिन्न कार्यक्रममा सहभागी हुन आउन लाग्नु भएको हो । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका गृहमन्त्री श्रेष्ठले लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला र बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको घर हस्तान्तरण साथै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताउनु भयो ।