मधेशका पालिकाहरु होर्डिंबोर्डबाट वार्षिक लाखौं रुपियाँ गुमाउँदै
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,वैशाख २ गते। जनकपुरधाम लगायत मधेश प्रदेशका पालिकाहरुले वार्षिक लाखौं रुपियाँ होर्डिंबोर्डबाट गुमाउँदै छन् । तर, त्यो रकम असुल गर्न जनप्रतिनिधीकोे ध्यान पुगेको छैनन् ।
मधेश प्रदेशका ८ जिल्लाको सदरमुकाम भएका पालिकाहरु र पूर्व पश्चिम राजमार्गमा रहेका पालिकाहरु त्यसता होर्डिंगबोर्डको रकम असुल गर्नबाट बँचित छन ।
होर्डिंगबोर्ड नीजि जग्गामा लगाएको भएपनि पालिकाहरुले रकम असुल गर्नपाउने रहेको जानकारी सहभागिहरुले पाएका छन ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईद्वारा सोधिएको प्रश्नमा मात्र एक जना जलेश्वर नगरपालिकाका प्रशासकीय प्रमुखले होर्डिंगबोर्डबाट रकम असुलगर्दै आएको बताउनुभयो । उहाँले ठेक्कामा दिई रकम असुल गर्दै आएको बताउनुभयो ।
त्यस अन्तरक्रियामा सहभागि भएका अन्यपालिकाका प्रशासकीय प्रमुख या प्रतिनिधीहरुले केहि भन्न सकेनन्।
विज्ञापन बोर्डले चैत्र २८ गते आयोजना गरेको मधेश प्रदेश स्तरीय ‘विज्ञापन नियमन’ मधेश प्रदेशका राजधानी रहेको थलो जनकपुरधाम उप महानगरपालिकाका प्रशासकीय प्रमुख या प्रतिनिधी कुनै उपस्थित रहेका थिएन । जनकपुरधाम उप महानगरपालिका सो कार्यक्रमबाट उपलब्धि लिन बँचित भएको छ ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई भन्नुहुन्छ, ‘पालिकाहरुलाई यसबारेमा जानकारी नरहेको ले बार्षिक लाखौं रुपियाँ गुम्दै आएको छ । त्यस सचेतनाका लागि नै यो प्रदेश स्तरीय अन्तरक्रिया आयोजना गरिएको हो ।’
उहाँले विज्ञापनको रकम चुहावट हुन नदिनको लागि पालिकाहरुले आ–आफ्नो नीति नियम बनाउनु पर्छ र त्यसको लागि आवश्यकता सम्झे हामी सहयोग गर्न तयार रहेको बताउनु भयो ।
सो अन्तरक्रियामा विज्ञापन (नियमन गर्ने) ऐन,२०७६ र विज्ञापन नियमावली २०७७ साथै विज्ञापन बोर्डको काम कर्तव्य र अधिकार बारेमा जानकारी गराईयो । त्यस्तै विज्ञापन अचारसंहिता, लोकल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारण, विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयबस्तु तथा होर्डिंग बोर्ड र त्यसको नियमन तथा अनुगमन बारेमा सो कार्यक्रममा जानकारी गराईयो ।
अन्तरक्रियामा पत्रपत्रकाहरुबाट ३ प्रतिशत किन विज्ञापन बोर्डले काटिरहेको, पत्रपत्रिकालगायतका संचार माध्यमलाई पटक पटक दर्ता गर्नुपर्ने किन, लोककल्याणरी विज्ञापन एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम बढोत्तरी गर्नुपर्ने लगायतका मांगहरु संचारकर्मीहरुले उठाउनु भयो ।
आरम्भ उदघाटन सत्रबाट भएको थियो । त्यसको प्रमुख आतिथ्य पर्यटन,उद्योग तथा वनराज्य मंत्री रहवर अनसारीले यो कार्यक्रमबाट मधेशका पालिकाहरुले होर्डिंगबोर्डबाट वार्षिक लाखौं रुपियाँ असुल गर्न पाउने विश्वास गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश संचार प्राधिकरण प्रमुख श्यामसुन्दर यादवले प्रदेशमा संचालित भईरहेको पत्रपत्रिका,एफएम रेडियो, टिभी र अनलाईनको अवस्थाबारेमा जानकारी गराउनु भयो । उहाँले सो संचारमाध्यमहरुमा झण्डै २ हजार कर्मचारीले रोजगार पाएको बताउनु भयो ।
मधेशमा संचालित १ टेलिविजन र १९ वटा एफएम बन्द भईसकेको उहाँले थप्नुभयो । संचारमाध्यमहरु बन्द हुनको प्रमुख कारण विज्ञापन नपाउनु नै रहेको उहाँले बताउनु भयो ।
सो उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सभापति राजेश कर्ण,जिल्ला पत्रकार महासंघ धनुषाका सभापति मोनिका झा,निसान राज गौतम,दिनेश लुईटेल लगायतका वक्ताहरुले मन्तव्य राख्नुभयो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
