+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रौतहटको प्रेस मंचको अध्यक्षमा पुनः किशोरी यादव

3 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, चैत्र १३ गते । प्रेस मंच नेपालको पहिलो जिल्ला अधिवेशन रौतहटको सदरमुकाम गौरमा सोमबारका दिन सम्पन्न भएको छ ।
सदरमुकाम गौर स्थित रहेको जिल्ला बार एसोसिएसनको सभा हलमा जनता समाजवादी पार्टी नेपालका छाता संगठन प्रेस मंच नेपाल रौतहटको प्रथम अधिवेशन मंचका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट संस्थापक पत्रकार रबिन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटले आयोजन गरेको अधिवेशनबाट किशोरी यादव अध्यक्ष सहित १५ सदस्यीय समिति चयन भएको हो ।

अधिवेशनबाट नव निर्वाचित जिल्ला कार्यसमितिको अध्यक्ष– किशोरी यादव ,उपाध्यक्ष –( रश्मी पटेल ,अरविन्द कुमार यादव,ओम प्रकाश यादव,राजनारायण पटेल उर्फ आर.एन),सचिव–चन्दन कुमार महतो, सह सचिव– श्रीकान्त यादव, दिपक कुमार , कोषाध्यक्ष–प्रेम यादव र क्रमिक सदस्यहरु–भुषन सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव छन्।


प्रेस मंच नेपाल रौतहटका नवनिर्वाचित जिल्ला कार्यसमिति चयन कार्यक्रममा विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य पुर्व माननीय रामकिशोर यादव,केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,केन्द्रीय सदस्य एवं मधेश प्रदेश सदस्य माननीय शोभा देवी साह, केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा रौतहट अध्यक्ष श्याम हारी यादव, प्रेम मंच नेपाल मधेस प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादव, महा सचिव बंदना झा, जसपा मधेस प्रदेश समिति सदस्य अध्यक्ष मोहम्मद अनवर हाश्मी ,संघिय शिक्षक फोरम नेपाल रौतहट अध्यक्ष कामेश्वर यादव समेतले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुको उन्नति प्रगतिको कामना गर्दै सफल कार्यकालको बधाई शुभकामना ज्ञापन गरेका थिए ।
चैत्र १३ गते सोमबारका दिन प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन भेला अध्यक्ष किशोरी यादवको अध्यक्षतामा मंचआवद्ध पत्रकार र अन्य प्रेस संगठनका अध्यक्ष ,प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले