कमल साह
जनकपुरधाम, फागुन १४ गते । संघिय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा,साहित्य स्रष्टा नेपाली पत्रकारिताका भीष्म पितामह श्री राजेश्वर नेपालीज्यू को नीजि निवास जनकपुरधाम उप महानगर पालिका २३ बेला गाउँ स्थित मधेश प्रदेश का मुख्यमंत्री श्री सरोज कुमार यादब, सांसद राम अशिष यादब र सांसद दीपेंद्र ठाकुर पुगेर सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
मुख्यमंत्री सरोज कुमार यादव ले संघियता सिपाही , प्रेस स्वतंत्रता सेनानी तथा प्रजातन्त्र प्रेमी श्री नेपाली को योगदान लाई विर्शन नसक्ने वताउनु भयो ।
सांसद ,नेपाल पत्रकार महासंघ धनुषा का पूर्व अध्यक्ष र अर्का संसद दीपेन्द्र ठाकुर ले बरिष्ठ पत्रकार नेपाली जी अधुरा सपना प्रदेश सरकार लाई पुरा गर्नुपर्ने, उहांका कृति हरु प्रकाशन गर्नु पर्ने र उहाँको नाउमा प्रतिष्ठान गठन गर्नु पर्ने तथा उहां माथिको अभिनन्दन ग्रन्थ प्रदेश सरकार लाई प्रकाशन गर्नु पर्ने बिचार राख्नु भयो ।
