कमला नगरपालिकाको साढे छ महिनापछि झण्डै ५५ करोडको बजेट पारित
2 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम,माघ २९ गते । धनुषा जिल्लाको कमला नगरपालिका ले आर्थिक वर्ष संचालन भईरहेको साढे छ महिनापछि छैटौँ नगर सभा सम्पन्न गर्र्न सफल भएको छ ।
गत असार १० गते छैठो नगर सभाका लागि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सहितको बजेट पारित भएको थियो । सो नीति तथा कार्यक्रम मेयर विशेश्वर यादवले सभामा सम्बोधन गर्नु भएको थियो ।
तर, मेयर र उपमेयर बीचमा सहमति बन्न नसक्दा विवाद उत्पन्न भएको थियो । सो विवाद मिलाउनको लागि मेयर विशेश्वर यादवलाई झण्डै साढे छ महिना लागेको छ । चालु आर्थिक वर्ष शुरु भएको करिब साढे महिना पछि विहिबार नगर सभाबाट बजेट पारित गरेको छ ।
दुवै पक्षका बीचमा सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट पारित भएको नगरपालिकाका नगरप्रमुख विश्वेश्वर यादवले बताउनु भयो । उहाँले चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड, ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित भएको जनाउनु भयो ।
नगरपालिकाको ९ वटै वडामा ९५ लाखको दरले विकास बजेट विनियोजन भएको छ । साथै वडा सञ्चालनका लागि ५ लाख गरेर प्रत्येक वडामा १ करोडको दरले बजेट सर्वसम्मतिबाट बजेट विनियोजन पारित भएको उहाँले बताउनु भयो । नगर सभाबाट पारित भएका बजेटमा शिक्षा तर्फ १ करोड २२ लाख र स्वास्थ्य तर्फ ८० लाख रकम विनियोजन भएको मेयर यादव ले बताउनु भयो ।
कमला नगरपालिकाको बजेट समयमा पारित नभएको ले सो पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरुले समयमा तलब भत्ता पाउनबाट वञ्चित भएका हुन । त्यस संगै विकास निर्माणको कामकाज पनि ठप्प भएको थिए । यसले गर्दा संघबाट पाउने अनुदानका रकमहरु पाउनबाट समेत बंचित हुनु परेको छ ।
नगरपालिकाका नगरप्रमुख विषेश्वर यादवले ढिलो गरि बजेट पारित भएपनि आर्थिक वर्ष सम्पन्न हुन बाँकी रहेको अवधिमा हामी तीव्र गतिमा विकास निर्माणको कामलाई अगाडी बढाउन कर्मचारीहरूलाई निर्देशन दिईसकेको उहाँले बताउनु भयो।
नगरपालिकाले नगरको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारको विकासमा विशेष जोड दिइएको छ । उहाँले धनुषा जिल्लाको पूर्वी सिमानाको नदी कमलाले कमला नगरपालिकालाई प्रभावित पार्दै आएको विषयमा पनि छलफल भएको जानकारी गराउनु भयो ।
कमेन्ट गर्नुहोस्
एमालेकै जनप्रतिनिधिका कारण काम गर्न नसकेको गाउँपालिका ..
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आफ्नै पार्टीका जनप्रतिनिधिको कारण गा..
3 दिन पहिले
रामेछाप जिल्ला अस्पताल परिसरमा सैनिक स्मृति पार्क
टीकाप्रसाद भट्टरामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जले..
3 दिन पहिले
खेलकुद क्षेत्रमा मनलागि लगानी, भताभुङ्ग संरचना
टीकाप्रसाद भट्ट रामेछाप – खेलकुदका विभिन्न नाममा पैसा हालेर युवाहरु खुसी पार्न राजनीतिक दलका अगुवाहरुले रामे..
4 दिन पहिले
चुथ्राे अलपत्र किसानले पैसा पाएनन
टीकाप्रसाद भट्ट रामेछाप । दाउरा बाल्न बाहेक अरुमा काम नलाग्ने जङ्गली चुथ्रो व्यवसायीले नलैजदा रामेछापको उत्तरी..
4 दिन पहिले
आलु खेतिमा डडुवा रोग फैलदै, कृषिमा जानकारी छैन्, परियोजन..
टीकाप्रसाद भट्ट रामेछाप – प्रितीको मैदानेका आलुका बोट दिनदिनै बटारिदै छन् । पात कोप्रिदै गएका र कालो चिर्काहरु..
5 दिन पहिले