भोला यादब, जनकपुरधाम
जनकपुरधाम, माघ २८ गते । १५ औ वार्षिक साधारणसभाबाट पेट्रोलियम डिलर्स एशोसिएसनले नयाँ कार्यसमिति गठन गर्दागर्दै बिवादास्पद बनेको छ ।
बिष्णु देव साहको हैकमबादी प्रबृतिले गर्दा साधारण सभा बिवादमा परेको कुरा अध्यक्षको प्रतिस्पर्धि किशुन देब साह ले बताएका छन् ।
बैधानिक तदस्र्थ समिति गठन गरी यथासिघ्र पुरानो कार्यसमितिलाई रोक लगाउनु पर्ने कुरा पनि साह ले बताएका छन् ।
बिधान बिपरीत गर्न खोजेको निर्वाचन हामीलाई मान्य नहुने र फेरि निर्वाचन गराउन चाहे कानुनको दायरामा हामी ल्याउने छौं भने कुरा वहाले बताउनु भयो ।
बैङ्कको खाता रोक्का, आयल निगममा लाग्ने शुल्क र नगद कारोवार बन्द गरी नयाँ निर्वाचन तदर्थ समितिबाट गराउनु पर्ने माग प्रतिस्पर्धि अध्यक्षका उमेदबार किशुन देब साहको रहेको छ ।
यो संस्था भनेको बैधानिक संस्था हो । यसलाई कुनै पनि पक्षबाट अबैधानिक बन्न नदिने बिश्वासका साथ हामी अगाडि बढेका छौं र बिशुनदेव साह आफू यसपालि हार्ने पक्का भएको कारण जालझेल गरी चुनाव स्थगित गराएको र निर्वाचन अधिकृतलाई सन्योजित तरिकाले चुवाव स्थलबाट भगाएको आरोप किशुन देब साहले पत्रकार समेलन गरी बताएका छन् ।