दुग्धमति नदिको उदगम स्थलमा भव्य मेला !
2 वर्ष पहिले प्रकाशित

प्रफुल्ल राज घिमिरे , जनकपुरधाम
जनकपुरधाम, माघ २६ गते । दुधमति नदीमा श्रीपञ्चमी कै दिन बलि,धार्मिक नदीको पौराणिकता जोगाउन सरोकारवालाहरुलाई अगाडी बढनु पर्छ “ ! दुग्धमति नदिको उदगम स्थलमा भव्य मेला ! “दर्शन , अध्ययन, अवलोकन गर्न जाऔं” माघ शुक्ल पञ्चमी सरस्वती पूजाका दिन धनुषा जिल्ला क्षिरेश्वर नगर पालिकास्थित दुग्धमति नदिको उदगम स्थलमा भव्य ठूलो मेला लाग्ने गर्दछ ।
गत माघ १२ गते यहाँ मेला भर्न धनुषा, महोत्तरी,सिरहा, सर्लाही, रौतहट लगायतका ठाउँबाट मानिसहरुको घुइँचो लागेको थियो । त्यसमा बिशेष गरेर दुनवार जातिको उपस्थिति रहेको थियो । यस मेलामा उनीहरु आफ्नो कुल देवी दुधनिया माई देवीको रुपमा दुग्धमती मन्दिरका प्राङ्गणमा बलि प्रदान गरेका थिए ।
यिनीहरु वसन्त पंचमी अर्थात श्रीपञ्चमीका दिन खसी, पाठी, परेवा, अण्डाहरु चढाउने गरिन्छ । आफ्ना समाजिक रितिरिवाज अनुसार मुन्डण एंव अन्य कार्यको भाकल गरे अनुसार प्रसाद चढाई यसै स्थलमा प्रसाद ग्रहण गरेर फर्कने गर्दछ्न ।
धार्मिक शास्त्र अनुसार गंगा, सरयुग–जमुना झैं धार्मिक महत्व एंव मान्यता रहेको उच्च श्रेणीका पवित्र धार्मिक तिर्थस्थल दुग्धमति नदिको उदगम स्थल रहेको छ । यो नदी धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका वाड न.५ मा दुधमती टोलको दक्षिण र अरजनमा टोलको उत्तर तर्फ मध्य भागमा, राजमार्ग देखि पश्चिम पट्टी अवस्थित रहेको छ ।
उद्गम स्थलमा रहेको रुखको फेदनिर पृथ्वीवाट उत्पन्न भएको सरविद्वारा रुप धारण गर्न पुगेकी यस नदिको बारेमा धार्मिक शास्त्र , ग्रन्थ, साहित्यहरुमा हाम्रा जीवन, धर्म, संस्कृतिसंग जुटेका धेरै रोचक कथाहरु रहेका छन। एकातिर धार्मिक ग्रन्थ एंव धार्मिक साहित्यहरुमा यसको धार्मिक महत्वका बारेमा ऋषि–मूनि, सन्त–महन्त, एंव विद्वानहरुद्वारा दुग्धमतिका बारेमा जे उल्लेख गरेका छन सो को बिपरित दुग्धमतिको उद्गम स्थलनिरका कथा–ब्यथा अर्कै प्रकारले देख्न सुन्न पाइन्छ ।
उद्गम स्थल नीर रहेको रुखको पुर्व पट्टीको डिलमा एउटा सानो मन्दिर रहेको छ । यस मन्दिरमा माटोको डिहिको रूपमा दुग्धमती माइ बिराजमान रहेकी छिन । यसको दक्षिण तर्फ रहेको अर्को सानो घरमा डिहिवार, डिहिवारनी अलग–अलगै माटोको ढिस्कोे स्वरुपमा बिराजमान रहेका छन । यसको लगभग ५० मिटर दक्षिण तर्फ शिव एवं श्री राम सिताको नव निर्मित मन्दिर रहेको छ । यसका छेउमा सानो धर्मशाला निर्माण गरिएको छ । दुग्धमति उद्गम स्थललाई उत्तर पश्चिम दक्षिण तर्फ जाली पत्थरले घेरेर र पुर्वतर्फ घाट निर्माण गरेर झिलको रूपमा परिवर्तन गरिएको छ । झिल पुर्ण रुपले भरिएपछी नदिको पानी निकासको लागि दक्षिण पश्चिम तर्फ एउटा पक्कीको निकास मार्गको ब्यवस्था गरिएको छ ।
जवकि केही समय पहिले सम्म यहाँवाट निस्केको जलले नदिको रुप धारण गरि अरजनमा ... ...कुर्था, बिसबिट्टी, बेलालादो, सोनापारा,बिन्धी,बसहिया, दनौली हुँदै विभिन्न गाउँहरुलाई आफ्नो पवित्र कञ्चन जलले सिञ्चित गर्दै तुल्सियाही जव्दीदेखी उत्तर पश्चिम भएर मटिहानीको पुर्व रहेकी बिगही भनिने बिरजा नदीमा मिसिन पुगेर संगम स्थलमा पुजिन पुगेकि छिन । हाल यस नदीको बहाव रोकिएर रहेको छ । विभिन्न गाउँ हुदै जल प्रबाह गर्दै बगेकी दुग्धमतिको मार्गलाई जलकुम्भी, झारपातले छोपेका छन भने कतिपय ब्यक्तिहरुले जग्गामा परिणत गरेका छन। पवित्र निर्मल कञ्चन यी दुग्धमति आफ्नो वहाब मार्गको अस्तित्वको खोजीमा रहेकिछिन । झिलको रुपमा परिणत गरिएको यस उद्गम स्थलमा बिगतमा सखुवा महेन्द्रनगर गाबिसले माछा पालनको लागी ठेक्का लगाउने गरेको कार्यलाई क्षिरेश्वर नगर पालिकाले पनि निरन्तरता दिएको छ । लगभग ठेक्का लागेको २०÷२५ वर्षदेखी माछालाई खान हालिएको रसायनिक मल,खरी लगायत अन्य पदार्थले गर्दा पानी प्रदुषण हुन पुगेको छ ।
पैंतीस चालीस वर्ष पुर्व यस नदीको निर्मल कञ्चन स्वच्छ जल थियो । यहाँका वासिन्दाहरु यस पवित्र जललाई पिउने गर्दथे। पैसा खसाउदा समेत देखिन्थ्यो । पानी पृथ्वी मुनिवाट निस्केको समेत देखिन्थ्यो । वहाब तिर्व हुने गर्दथ्यो। संरक्षण सम्बर्द्धनको अभावमा दिन प्रतिदिन यसको महिमा नष्ट हुने अवस्थावाट गुज्रिरहेको छ ।
यो नदीको धार्मिक महत्वलाई समाप्त पार्ने प्रयास भइरहेको छ । यहाँ २०÷२५ वर्ष पहिला सम्म प्रसादको रूपमा फलफुल मिठाइहरु दुग्धमति माईलाई चढाइने गरिन्थ्यो । तर, श्री पञ्चमीका दिन खसी,पाठी ,परेवा, अण्डाहरु चढाउने गरिन्छ । यसै सन्दर्भमा अरजनमाका वासुदेव सिंह बैष्णव (दुनवार) भन्छन् – दोनवार समुदायले आफ्ना दुधनिया माई देवीको रुपमा २०÷२५ वर्ष देखि यहाँ वलि प्रदान गरिरहेका छ्न ।
जवकी यो पुजा पहिले सखुवा महेन्द्र नगरका खुशी सिंह दोनवारको घरमा कुलदेवी दुधनिया माईको हुने गर्थ्यो। अधिकांश मान्छेको चाप, ठाउँको अभावले गर्दा पुजाको भार आफुले थाम्न नसक्ने भएकोले दुधमती मै गर्नु भनेर उनले पठाइ दिएकोले सो बेलादेखी यस ठाउँमा भइरहेको छ ।
यसरी दोनवार समुदायले बैष्णव धार्मिक तिर्थस्थलमा मान्दै आएको आफ्नो धर्म संस्कृति परम्परालाई खलल नहुने गरि अन्यत्र ब्यवस्थित गर्दै अतिक्रमित, प्रदुषित दुग्धमति नदीको पौराणिक धार्मिक अस्तित्वको जगेर्ना गर्न एंव धार्मिक ऐतिहासिक सम्पदा जोगाउन सन्त महन्त, धर्म अनुरागी, अभियानी, समाजिक संघ संस्था लगायत तिनै तहका सरकारको ध्यानाकर्षण होस् ।
कमेन्ट गर्नुहोस्
तुँवालोले छेक्यो लुक्लाको उडान
रामेछाप । बाक्लो तुँवालोका कारण रामेछापबाट आज विहानै देखि लुक्लाका लागि उडान हुन सकेका छैनन् । लुक्लाका लागि आज ..
7 घन्टा पहिले
सार्वजनिक सडक बिक्री हुन्छन् रामेछापमा
टीकाप्रसाद भट्ट रामेछाप । सडक निर्माण भएको जमिनलाई नापी नक्शामा रेखाङ्कन नगर्दा रामेछापका जिल्ला स्तर देखि ग्र..
8 घन्टा पहिले
माकादुमको खत्रीगाउँमा खानेपानी पु¥याएपछि सगुन खुवाएर ख..
टीकाप्रसाद भट्ट रामेछाप। खडेरीका कारण खानेपानीकाे श्नाेतमा पानी सुकेर बर्षाै देखि खानेपानीकाे सास्ती खेप्द..
2 दिन पहिले
लुतो निको पार्न धामी झाँक्रीको ढ्याङ्ग्रो
टीकाप्रसाद भट्टमन्थली । अरु रोगको त कुरो छाडौं शरिरभरी लुतो आउदा पनि डडुवाको थामीगाउँमा रातभर ढ्याङग्रो बज्छ । &ls..
2 दिन पहिले
उत्कृष्ट शिक्षक शिक्षिका सम्मानित
रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयक..
3 दिन पहिले