+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

कर्मचारी मिलन केन्द्रको नाममा

3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
कर्मचारी मिलन केन्द्र रामेछापको मंगलबार पुनर्गठन भएको समाचार सामाजिक सञ्जाल मार्फत जानकारी पाए । झण्डै ३० बर्ष अनवरत त्यस संस्थामा रहेर काम गरेको नाताले संस्थामा रिक्त रहेका पदाधिकारीको ठाउँमा नयाँ पदाधिकारी चयन हुनु, र त्यसमा केहि पुराना सदस्यको बढुवा भएको जानकारी पाउदा अत्यन्त हर्षित छु ।

संस्थाहरुमा निश्चित अवधिको लागि निर्वाचन हुन्छ । संघ संस्थामा अधिवेशनले निर्वाचित गरेको अवधि भन्दा अगावै अन्य विधिबाट पदपूर्ति गर्ने व्यवस्था त छैन् । तर कर्मचारी मिलन केन्द्र मात्र यस्तो संस्था हो, जहाँ कुनै न कुनै पद अधिवशेन सकिएको केहि दिनमानै रीक्त भईदिन सक्छ । आज भरियो भन्यो, त्यहि भरिएका मध्येको कसैको सरुवा हुन्छ अनि भोलीनै खाली हुन्छ । भरी , खाली हुदै यसका गरिमामय ३० बर्ष विते । मंगलबार फेरी एक पटक कर्मचारी मिलन केन्द्र भरिएको छ , यो भरिएको समिति लामो अवधि सम्म रहन सकोस ।

संस्थामा रहदा मैले सदस्य, सह सचिव र सचिवको पदमा रहेर काम गरे । सायद सवैभन्दा बढी सचिवको रुपमा काम गरे । सचिव पद कार्यकारी हो । को नयाँ सदस्य आयो उसको स्वागत र को सरुवा भयो त्यसको विदाई गर्दैमा सायद मेरा धेरै समय विते । मैले त्यहि काममा धेरै ईष्टमित्र कमाए । केन्द्रकै नाताले जोडिएको सम्बन्ध अहिले पनि धेरै महानुभावहरु संग कायमै छ् । मलाई असजिलाे परेकाे बेलामा केन्द्र परिवार बाट सहयाेगै  सहयाेग पाए । मिलन केन्द्रको सचिव र सह सचिव भएर काम गर्ने क्रममा गाली पनि खाए । आगन्तुकलाई बेलामा स्वागत नगरेको विषयमा होस या बनभोजमा मस्तिले मदिरा नपाएको झोकमा होस् । 

कर्मचारीहरुको भेला हुदा धेरैले कर्मचारी मिलन केन्द्र स्वागत र विदाईमा मात्र सिमित भएको गुनासो गर्नुहुन्थ्यो । सायद आज पनि त्यो गुनासो सकिएको नहोला । त्यसो भन्दैमा मिलन केन्द्र रामेछाप स्वागत र विदाईमा मात्र सिमित थिएन र भएन । रामेछापमा विगतका बर्षहरुमा कर्मचारी मिलन केन्द्रले धेरै काम गरेको छ । सामाजिक संस्था, त्यो पनि कर्मचारीहरुको संस्थाले न दातृ निकाय गुहार्ने कुरा आउथ्यो, न सरकार । आफ्नो थैलीको पैसा झिकेर विभिन्न रचनात्मक काममा कर्मचारी मिलन केन्द्रले समाजमा आफ्नो पहिचान दिलाउनका लागि मज्जाले काम गरेको छ ।

मेरो स्मरणमा रहेका केहि उल्लेख्य कामहरु हुन् – मंगलादेवि मन्दिरमा जाने सिंढी निर्माण, देवकोटा चोकमा तापक्रम र समय देखिने डिजिटल डिस्प्ले (केहि समय अघि विग्रीएको), देवकोटाचोकको पिपल चौतारीमा आगन्तुकहरुलाई वस्ने बेन्च निर्माण, कर्मचारी मिलन केन्द्रको आफ्नै नाममा करोडौं मूल्य जाने १ रोपनी ८ आना जग्गा व्यवस्था, उक्त जग्गामा सौचालय र २ कोठे भवन निर्माण ( जुन २०७२ सालको भूकम्पले लडायो ) कर्मचारी मिलन केन्द्रका उपलव्धिहरु थिए ।

विभिन्न समयमा जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता, कर्मचारीहरु विच हाजिरी जवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता र मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारी मिलन केन्द्रले आयोजना गर्ने गरेको थियो । प्रजातन्त्र दिवस, संविधान दिवस, गणतन्त्र दिवस र अन्य सभा समारोहमा कर्मचारी मिलन केन्द्रले कर्मचारीहरुका विचमा मात्र हैन, सामाजिक रुपमा पनि आफ्नो पहिचान दिलाउन सकेको थियो । विभिन्न कार्यक्रममा कविता बाचन प्रतियोगिता गरेको, समन्वयात्मक बैठकहरु आयोजना भएका र प्रकोपमा परेका पिडितहरुलाई राहत संकलन र वितरण अनि विभिन्न सन्देशमुलक प्लेकार्ड सहित प्रभातफेरी र प्रवचन कार्यक्रम पनि कर्मचारी मिलन केन्द्रको व्यानरमा भएका थिए ।

विगतमा रामेछाप अत्यन्त दुर्गम थियो । कर्मचारी मिलन केन्द्र गठन भएको बेलामा रामेछापमा सडक थिएन । सिन्धुली र दोलखाको तामाकोशी देखि हिडेर आउने कर्मचारीहरुले कर्मचारी मिलन केन्द्रको छहारी पाएका थिए । अहिलेको जस्तो गाडि घोडा नभएकाले घर जाने कुरा सहज थिएन् । रामेछाप वस्ने कर्मचारीहरुलाई कर्मचारी मिलन केन्द्रले पत्र पत्रिका, चेस, क्यारेमबोर्ड जस्ता सामाग्रीको व्यवस्था गरेर एकै थलोमा जमघट गराउने गरेको अहिले झै लाग्छ । त्यसबेलामा कर्मचारीहरु विच अहिलेको भन्दा प्रगाढ मित्रता र घुलमिल हुने गरेको मेरो अनुभव छ । त्यति मात्र हैन् १० बर्षे द्वन्दकालमा कर्मचारीहरु माथि हुने विभिन्न हिंसास्मक घटनाहरुका विरुद्धमा कर्मचारी मिलन केन्द्रले प्रतिवाद मात्र गरेन, कर्मचारीहरुका विचमा जस्तो सुकै अवस्थामा पनि काम गर्ने वातावरणको छाहारी वनेर काम गर्यो । गणतन्त्र स्थापना पश्चात दलिय संयन्त्रले मुलुक संचालन गरेका बेला पनि कर्मचारीहरुका लागि सुखद दिन थिएनन् । तत्कालिन गाविस सचिवका विभिन्न समस्याहरुमा केन्द्रले पहलकदमी गरेको थियो र नियमित कार्य संचालनको वातावरण वनाउनमा समन्वयात्मक भूमिका खेलेको थियो ।

स्वभावैले कर्मचारीहरु क्षमतावान भएरनै छनौट भएका हुन्छन् । उनिहरुको विभिन्न विधाको क्षमताहरुलाई समेटेर कर्मचारी मिलन केन्द्रले विभिन्न समयमा १० वटा ‘रामेछाप आवाज’ नामको स्मारिका प्रकाशन ग¥यो । उक्त स्मारिका मार्फत कर्मचारीले आफ्ना वेदना पोखे, रमाइला र भोगाईका कथा लेख्ने थलो पनि पाए । स्मारिकामा कर्मचारीको मात्र हैन्, लेख रचना र साहित्यमा रुचि राख्ने जिल्लाबासीको समेत सामाग्रि समेट्न सकियो । त्यसो हुदाँ कर्मचारी र समाज जोड्न सकियो ।

माथिका सवै काममा मेरो भूमिका थियो । त्यसका अतिरिक्त कर्मचारी मिलन केन्द्रमा कार्यालय सहयोगीको काम पनि गरे । धुलो बढारे, माकुराको जालो हटाए । वजार देखि सरुवा हुनेलाई करुवा र टोपी बोकेर कुदें । अविर र फुलले रंग्याएर पठाउन हौंसिए र त्यसको चाँजो मिलाए । वजारमा धेरै पैसा तिर्न बाँकी हुदाँ व्यवसायीको घेराईमा पनि परें । जे होस, मैले कर्मचारी मिलन केन्द्रलाई यो अवस्थामा आउने बेला सम्म केहि न केहि गरिरहें ।

२०७२ सालको भूकम्पले मिलन केन्द्र रुपी त्यो सानो दुई कोठे भवन भत्काए पछि हामी घर विहिन भयौं । त्यस बेला राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत अहिलेको सुविधा सम्पन्न भवन बनाउन सक्यौं । लोभलाग्दो भवन भित्र लोभलाग्दा फर्निसिङ गर्नमा तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा ( हाल बर्दियाको प्रमुख जिल्ला अधिकारी ) र हाल पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सर लगाएतको सक्रियताले अहिले सम्म काम दिएको छ । अव उर्जाशिल महानुभावहरुले त्यसलाई अझ सिंगार्नुहुनेनै छ ।

कर्मचारी मिलन केन्द्रले लामो अवधि देखि हरेक बर्ष बन भोजको आयोजना गर्दै आएको छ । केहि बर्ष देखि बनभोज कार्यक्रममा ईच्छुक सवै कर्मचारीलाई जाने प्रवन्ध गरीएको छ । यो बर्ष पनि म लगाएत सवैले त्यो अवसर पायांै नै । माथिल्लो तह देखी तल्लो तह सम्मका कर्मचारीहरुले कार्य गर्दाका तिता मिठा सवै कुरा विर्सेर एकैथलोमा रमाउने उक्त कार्य कर्मचारी मिलन केन्द्रले आउदा बर्षहरुमा पनि आयोजना गर्नेनै छ ।

संस्थामा सवै पक्ष राम्रा मात्र हुदैनन् । नराम्रा कुराहरुको बारेमा सुनिएन भने संस्था दलिरो हुदैन् । कर्मचारी मिलन केन्द्रमा सदस्य भएका सहायक स्तरका कर्मचारीको एउटै गुनासो थियो र छ त्यो हो – यो हाकिमहरुको क्लब हो । सहायक स्तरका कर्मचारीलाई सदस्य वनाउने तर स्वागत र विदाईमा हाकिमहरुले चासो नदिने । यो गुनासो बाक्लै अहिले पनि छ । सायद अहिले पनि सहायक स्तरका कर्मचारीले केन्द्रबाट विदाई पाउदैनन् न आउदा स्वागत भेट्दैनन् । त्यहि कारण विगतमा सदस्य बनेका सहायक स्तरका धेरै कर्मचारीहरुले केन्द्रलाई छोड्दै गए । अहिले त्यो खाडल कति बाँकी छ ? थाहा छैन् , तर जति सहायक स्तरका कर्मचारीहरु त्याँहा रहेका छन् तिनले राम्रो भूमिका खेलेका छन् र भविष्यमा पनि खेल्नेनै छन् । केन्द्रमा काम गर्ने मौका दिएकोमा तत् तत् समयमा सहयोग गर्ने सवै प्रति आभारी छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।

साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..

17 घन्टा पहिले

शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना

रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..

20 घन्टा पहिले

सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..

रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..

1 दिन पहिले

एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..

रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..

1 दिन पहिले

काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..

2 दिन पहिले