कमल साह
जनकपुरधाम,मंसिर २१ गते । मधुकर बाबा मगही लोक कथा संग्रह पुस्तक एक समारोह बीच यहाँ विमोचन भएको छ ।
यहाँका रामजानकी तत्मा कुटी स्थित बाबा अम्बेदकर पुस्तकालयमा आयोजित सम्मारोहमा मधुकर बाबा मगही लोक कथा संग्रहको बिमोचन भएको छ ।
धनुषा क्षेत्र ४ (क) बाट निर्वाचित प्रदेश सांसद एवं प्रदेश २ का पूर्व मंत्री ज्ञानेन्द्र यादव ले प्रमुख अतिथी कोे आसनबाट सो पुस्तकको बिमोचन गर्नुभयो ।
प्रमुख अतिथी यादवले मधुकर बाबा मगही लोक कथा संग्रहको बिमोचन गर्दै लेखक उपेन्द्र दास लाई धन्यवाद दिनुभयो । उहाँले अगाडी भन्नुभयो, मात्रृक भाषा मगहीमा प्रकाशित पुस्तक ले अन्य लेखक लाई कवित,साहित्य लगायतका लेख रचना प्रकाशनका लागि उत्प्रेरित गर्ने छन ।
नेपाल बहुभाषिक,बहुसंस्कृतिक,बहु धार्मिक राष्ट्र भएपनि एक भाषा एक भेषको नाउमा शासक वर्गले मात्रृ भाषालाई नै सखाप पार्न षडन्त्र गरेको पछिल्ला इतिहास प्रमुख अतिथी यादवले राख्नु भयोे ।
उहाँले हामी आफ्नो मात्रृ भाषामा बोल्दा कतिपय ब्यक्तिले यो मैथिली होईन भने गरिन्थ्यो बताउँदै आएको नै मगही भाषाको उदय यहाँ हुन गएको स्पष्ट रुपमा बताउनु भयो ।


रामजानकी तत्मा कुटीका अध्यक्ष पंचलाल दास को अध्यक्षतामा आरम्भ भएको पुस्तक बिमोचन कार्यक्रममा विशेष अतिथी विरबहादुर महतो,संत कविर अनाथ वाल वात्सल्य आश्रम संचालक सत्यनारायण आलोक, पिछडा वर्ग नेपाल (ओविसी) का पूर्व अध्यक्ष भरत महतो, मगही फाउण्डेशनका उपाध्यषक्ष भुवनेश्वर महतो, रघुनाथ दास,इसुफ साफी लगायतका वक्ताहरुले मगही भाषामा पुस्तक प्रकाशन गर्नुृभएको लेखक दास लाई शुभकामना तथा बधाई दिनुभयो ।
साथै उनिहरुले संस्कृत पछिको सबै भन्दा पहिलो भाषा मगहि हो भनेर तर्क राख्नुभयो । उनिहरुले मगही भाषाको विकासको लागि कोषको स्थापना सरकारले गरोस् मांग समेत गरेका हुन ।
लेखक उपेन्द्र दास लिखित तथा प्रकाशित सो पुस्तकमा तत्मा जातिको कुल देवता मधुकर बाबा को जीवनी ‘भाई के ¥यार’ ‘दुधके कर्ज’ लगायत २१ वटा कहानी प्रकाशित भएको छ ।