मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराईको निधन
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, मंसिर १७ गते । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ ।
उहाँको निधन प्रति मिथिला जागरण गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछन ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन शुक्रबार साँझ सर्लाही पुगेका भट्टराई शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
लालबन्दी नगरपालिका–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टको कोठामा ६७ वर्षीय भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत भईसकेका छन । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भट्टराईको निधनप्रति मधेश प्रदेश सरकारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्
सुमो दुर्घटनामा घाईते भएका मध्ये १ जनाको मृत्यू
रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ रजगाउँमा टाटा सुमो दुर्घटनामा घाईते भएकी एक जनाको मन्थली अस्पतालमा ..
2 घन्टा पहिले
खाँडादेविको रजगाउँमा यात्रुबाहक सुमो दुर्घटना, ७ जना घा..
रामेछाप । रामेछापको खाँडादेवि ४ रजगाउँमा शुक्रबार साँझ ना १ ज ५५५८ नम्बरको यात्रुबाहक सुमो दुर्घटनामा परेको छ । ..
4 घन्टा पहिले
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
4 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
6 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
7 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
