पबन भट्राई, काठमाण्डौं
,बैशाख २८ गते । फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।
फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बौद्दिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।
यो फिल्मको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने फिल्मको छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ । थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ ।
प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
7 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
1 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
2 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
