नापताैल समस्याकाे समाधान तत्काल गर्छाै , मन्त्री तामाङ
6 महीना पहिले प्रकाशित

रामेछाप । बागमति प्रदेशकी उद्योग बाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङले रामेछाप जिल्लाका व्यवसायी तथा नागरिकले नापतौल सम्बन्धि भोग्दै आएको समस्या तत्काल समाधान गर्ने वताएकी छिन् ।
रामेछाप उद्योग वाणिज्य संघले उनको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्ने क्रममा मन्त्री तामाङले रामेछाप जिल्लामा रहेका व्यवसायीले आफ्ना नापतौलका सामानहरुको मापदण्डका लागि सास्ती खेप्नु परेको कुरामा दुख्ख लागेको भन्दै तत्काल उक्त समस्या समाधानको लागि प्रदेश सरकारले कदम चाल्ने वताईन । हाल रामेछाप जिल्लालाई मधेश प्रदेश अन्तरगत जनकपुरमा रहेको कार्यालयले हेर्ने गरेको छ ।
रामेछापलाई हेर्ने कार्यालय टाढा र अपायक भएकोले रामेछापका व्यवसायीलाई ढक तराजु र तौल सम्बन्धि प्रयोगमा रहेका डिजिटल सामाग्रीहरुको जाँच गर्न झण्झट वेहोर्नु परेको छ । तौलका सामाग्रिहरुको जाँच तथा परिक्षण नगर्दा व्यवसायी कारवाहिमा पर्ने र नागरिकले ठगिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै रामेछाप उद्योग वाणिज्य संघले उक्त समस्या समाधानका लागि मन्त्री तामाङ समक्ष आग्रह गरेको थियो ।
कार्यक्रममा मन्त्री तामाङले ५ लाख भन्दा तलका उद्योग व्यवसाय दर्तामा भोग्दै आएको दोहोरोपनको झण्झटलाई पनि तत्काल समाधान गरीने वताएकी छिन् । उनीले पर्यटन र उद्योग व्यवसायको क्षेत्रमा भोग्नु परेका समस्याको समाधान गरी उद्योग प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीन ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशसभाको उद्योग , पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेशमा विद्यमान कानुनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने चरणमा रहेकाले त्यसका लागि प्रदेशले प्रयाप्त छलफल र अन्तरक्रिया गर्ने वताए । ‘पहिले कानुनहरु सिधै बन्थे र कार्यान्वयनका लागि आउथे ’ श्रेष्ठले भने – अव तल्लो निकाय र सरोकारवाला संग प्रयाप्त छलफल गरेपछि मात्र कानुनको तर्जुमा गरी संसदले पारित गर्नेछ ।
रामेछाप बाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले रामेछाप जिल्लामा ढुवानीको समस्याका कारण ठुला उद्योगको स्थापनामा समस्या भएको वताए । उनले साना उद्योगहरुलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनका लागि प्रदेश मन्त्री समक्ष माग राखे । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले मन्त्री तामाङलाई सम्मान गरेका थिए ।
यसैविच मन्त्री तामाङले आईतबार मन्थलीमा आयोजित उद्योग तथा बाणिज्य कार्यालयको अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुको साथै मालपोत र नापी कार्यालयका कार्यक्रमका बारेमा जानकारी लिएकी थिईन ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
16 घन्टा पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
18 घन्टा पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
1 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
1 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
2 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता

