नेपाल चार्टर एकाउन्टेण्ड संघ लगायतद्वारा निःशुल्क भोजन
3 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,मंसिर १२ गते । श्रीसीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर एकाउन्टेण्ड संघ जनकपुरधाम ले यहाँका एतिहासिक स्थल रंगभुभि मैदानमा निःशुल्क भोजन तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारहविगहा परिसरको शंकटमोचन क्षेत्रमा आयोजित निःशुल्क भोजन कार्यक्रमबाट ५ हजार ३ सय जनाले आफ्नो भोक मिटाएका हुन ।
चार्टर एकाउन्टेण्ड संघका प्रदेश स्तरीय र जनकपुर स्तरीय केहि सदस्यहरुको सहयोगले यो कार्यक्रम संचालन भएको हो । भोजनमा पुरी, बुनिया, तरकारी र ड्रिंकिंग पानी रहेको जनाएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगपालिका स्थितका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधाम द्वारा जनक चौकमा,मगही फाउण्डेशन द्वारा,जनकपुरधाम वार्ड नैे ९ द्वारा पनि निःशुल्क भोजन खुवाएको छ ।
श्री सीताराम विवाह महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन । तैलिक साहु समाज ले निःशुल्क खाना खुवाएको छ । त्यस्तै हनुमान मन्दिर रेल्वे स्टेशनले खाना तथा अवासको व्यवस्था गरेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
