भागचरण, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १२ गते । तराई–मधेशका जिल्ला भरमा आज बाट दिदीबहिनीहरु ले दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमा मनाइने सामाचकेवा पर्वको रौनक मधेस प्रदेशका जिल्लाहरु सहित तराई–मधेशका क्षेत्रमा बढेर गएको छ ।
समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलार्इ माटोले बनाएर पूजापाठ गर्ने र समा स्त्री र चकेवा पुरुष पात्र रहेको ब्रथालुले बताए ।
यो पर्वमा मैथिलका नारीहरुले दाजुभाईको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गाली गरी मनोरंजन गर्दछन् ।
कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा अहिले धनुषा लगयात तराईको विभिन्न जिल्लामा छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ ।
दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा बाजागाजाका साथमा गएर गाडेर समापन गर्ने परम्परा रहेको छ ।
