कमल साह
जनकपुरधाम, साउन १० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित अप्पन डेन्टल चेम्बर्सले धनुषाको सबैला नगरपालिकाका नागरिकहरू लाई निःशुल्क दांत उपचार गर्ने कार्य आरम्भ गरिसकेको छ ।
रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानको आयोजनामा अप्पन डेन्टल चेम्बर्सले सबैलाका मतदाताहरू लाई दन्त परिक्षण÷दांत निकाल्ने र अस्थायी दांत हाल्नेसम्मका सेवा निःशुल्क दिने साउन १ गते दुईपक्षिय सम्झौता सम्पन्न भएको थियो ।
सो सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट मेयर कारीराम यादव र उपमेयर रामसती देवी असर्फी साह सेवा प्रतिष्ठानको तर्फबाट डा. अजय यादवले हस्ताक्षर गरेका छन ।
दुवै पक्षबीच सरकारी सार्वजनिक विदा बाहेक चार वर्षसम्म दन्त परिक्षण÷दांत निकाल्ने देखि ज्येष्ट नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क अस्थाई दांत राख्ने सहितका सेवा अप्पण चेम्बर्सद्वारा दिइने सम्झौता भएको डा. अजय शाहले जानकारी गराउनु भयो ।
अप्पण चेम्बर्सले यसअघि धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका स्थानीय जनतालाई निःशुल्क स्वास्थ्य शिविर मार्फत सेवा पु¥याउंदै आएका छन भने प्रतिष्ठानद्वारा एम्बुलेन्स सेवा समेत प्रदान गरिदै आएको छ ।
सबैलाबासीलाई अप्पन डेण्टलद्वारा निःशुल्क दन्त उपचार
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
11 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
