मधेस प्रदेशमा टाइफाइड विरुद्धको खोप अभियान
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र २७ गते । नेपाल सरकारले टाइफाइड रोगबाट हुने गरेको मानवीय क्षति न्यून गर्न े म्यादी ज्वरो विरुद्धको खोप अभियान आजबाट आरम्भ गरेको छ ।
मधेश प्रदेशमा चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म सो खोप अभियान हुनेछ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले खोप अभियानबाट सार्थकता पाउनको लागि प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया गरेर त्यसलाई व्यापक दिएको छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका अनुसार यस अभियानमा १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ ।
विशेष अभियान अन्तर्गत हुन लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले भन्नुभयो ।
मधेश प्रदेशको ८ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७ सय १० जना रहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराउँदै यसमा कम्तीमा ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको छ ।
निर्देशक झा ले नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको थप्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले टाइफाइड विरुद्धको खोप अभियान दक्षिण एसियाको पहिलो देश नेपाल बन्न बताउनुभयो ।
खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह गर्नुभयो ।
उहाँले हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाईमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गर्नुभयो ।
अढाई एम एलको एक भाईल खोपबाट ५ जनालाई दिन मिल्ने निर्देशनालय झा ले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

थिलथिलाे भएको स्वर्गीय जगदीश घिमिरेको मन परेको घर ।
साहित्यकार स्वर्गीय जगदीश घिमिरेको काठमाडाैको चाेभार स्थित घर । यहि घरमा उहाँले अन्तरमनकाे यात्रा जस्ताे विख्य..
2 दिन पहिले
शैलुङमा जथाभावि फोहोर नगर्न सचेतना
रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बो..
2 दिन पहिले
सुनचाँदी व्यवसायीको आन्दोलनमा उद्योग वाणिज्य सङ्घको ऐक..
रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जन..
2 दिन पहिले
एमनेस्टी इन्टरनेशनल समूह १९ रामेछापको साधार सभा सम्पन्..
रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ..
2 दिन पहिले
काँग्रेस नेता भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्य..
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरत प्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका २ कठजोरम..
3 दिन पहिले
संवाददाता
संवाददाता

