कमल साह
जनकपुरधाम,चैत्र २७ गते । नेपाल सरकारले टाइफाइड रोगबाट हुने गरेको मानवीय क्षति न्यून गर्न े म्यादी ज्वरो विरुद्धको खोप अभियान आजबाट आरम्भ गरेको छ ।
मधेश प्रदेशमा चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म सो खोप अभियान हुनेछ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले खोप अभियानबाट सार्थकता पाउनको लागि प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया गरेर त्यसलाई व्यापक दिएको छ ।
मधेश प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका अनुसार यस अभियानमा १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ ।
विशेष अभियान अन्तर्गत हुन लागेको टाइफाइड विरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले भन्नुभयो ।
मधेश प्रदेशको ८ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७ सय १० जना रहेको स्वास्थ्य निर्देशनालयले जानकारी गराउँदै यसमा कम्तीमा ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको छ ।
निर्देशक झा ले नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइड विरुद्धको खोप दिन लागिएको थप्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका मधेस प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले टाइफाइड विरुद्धको खोप अभियान दक्षिण एसियाको पहिलो देश नेपाल बन्न बताउनुभयो ।
खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकोले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह गर्नुभयो ।
उहाँले हात मार्फत मुखमा दिसाको कण परेको खण्डमा टाइफाइड हुने भएकाले जोगिनका लागि नियमित हात धुने, सरसफाईमा विशेष ध्यान दिने तथा मास्क लगाउने कामलाई निरन्तरता दिन वरिष्ठ स्वास्थ्य प्रशासक श्रवण नायकले आग्रह गर्नुभयो ।
अढाई एम एलको एक भाईल खोपबाट ५ जनालाई दिन मिल्ने निर्देशनालय झा ले बताउनु भयो ।
मधेस प्रदेशमा टाइफाइड विरुद्धको खोप अभियान
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
12 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
