मधेश प्रदेशकै सबैभन्दा बढी धनराशी पुरुस्कार भएको राजर्षि जनक कप फुटबल प्रतियोगिता चैत्र २ बाट सुरु
4 वर्ष पहिले प्रकाशित
सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन २६ गते । मधेश प्रदेशकै सबैभन्दा बढी धनराशी पुरुस्कार भएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको ६ औं संस्करण चैत्र २ गतेबाट सुरु हुने भएको छ ।
बिहीवार सर्लाहीको बागमती नगरपालिकामा आयोजक बागमती युवा कल्वले पत्रकार सम्मेलन गरि प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको छ ।
आन्तरिक पर्यटन तथा संस्कृति सम्बद्र्धनको लागि छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता यस वर्ष चैत्र २ गतेबाट बागमती नगरपालिका वडा नं. १२ स्थित संन्तोष श्रेष्ठ समृती खेल मैदानमा आयोजना गरिने क्लवले जनाएको छ ।
चैत्र १३ गते सम्म संचालन हुने प्रतियोगितामा ११ स्वदेशी र एक बिदेशी गरि १२ ओटा टिमको सहभागिता रह्ने आयोजक क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिएका छन् ।
प्रतियोगितामा मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, नेपाल आइस हिमालयन शेर्पा क्लव काठमाण्डौ, पिप्ले युवा क्लव हेटौडा, आयोजक बागमती युवा क्लव सर्लाही, के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन, न्यूरोड टिम (एन.आर.टी.) , नव जागृती फुटबल क्लव सिमरा, नेपाल पुलिस क्लव, सुदुरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव काठमाण्डौ, एभेनिर फुटबल क्लव क्यामरुन, सशस्त्र पुलिस क्लव (ए.पी.एफ) को सहभागिता रह्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु १० लाख सहित राजर्षि जनक कप तथा उप विजेतालाई नगद रु ५ लाख सहित टूफी प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले बताए । प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ ।
त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइक र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनमा अनुमानित ८० लाख खर्च हुने आयोजक क्लवका अध्यक्ष किस्मत राज मैनालीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
