सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन २६ गते । मधेश प्रदेशकै सबैभन्दा बढी धनराशी पुरुस्कार भएको राजर्षि जनक कप फुटबल प्रतियोगिताको ६ औं संस्करण चैत्र २ गतेबाट सुरु हुने भएको छ ।
बिहीवार सर्लाहीको बागमती नगरपालिकामा आयोजक बागमती युवा कल्वले पत्रकार सम्मेलन गरि प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको छ ।
आन्तरिक पर्यटन तथा संस्कृति सम्बद्र्धनको लागि छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता यस वर्ष चैत्र २ गतेबाट बागमती नगरपालिका वडा नं. १२ स्थित संन्तोष श्रेष्ठ समृती खेल मैदानमा आयोजना गरिने क्लवले जनाएको छ ।
चैत्र १३ गते सम्म संचालन हुने प्रतियोगितामा ११ स्वदेशी र एक बिदेशी गरि १२ ओटा टिमको सहभागिता रह्ने आयोजक क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिएका छन् ।
प्रतियोगितामा मनाङ मस्र्याङदी क्लव काठमाण्डौ, नेपाल आइस हिमालयन शेर्पा क्लव काठमाण्डौ, पिप्ले युवा क्लव हेटौडा, आयोजक बागमती युवा क्लव सर्लाही, के.बि.ए. ग्लोबल बि.एफ.सी चितवन, न्यूरोड टिम (एन.आर.टी.) , नव जागृती फुटबल क्लव सिमरा, नेपाल पुलिस क्लव, सुदुरपश्चिम ११ धनगढी, मछिन्द्र फुटबल क्लव काठमाण्डौ, एभेनिर फुटबल क्लव क्यामरुन, सशस्त्र पुलिस क्लव (ए.पी.एफ) को सहभागिता रह्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु १० लाख सहित राजर्षि जनक कप तथा उप विजेतालाई नगद रु ५ लाख सहित टूफी प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी हरेक विधाका उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष मैनालीले बताए । प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु २० हजार प्रदान गरिने छ ।
त्यसैगरी बागमती राइजिङ अफ द एयर हुने खेलाडीलाई मोटरसाइक र फाइनल खेलका उत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता संचालनमा अनुमानित ८० लाख खर्च हुने आयोजक क्लवका अध्यक्ष किस्मत राज मैनालीले बताएका छन् ।
मधेश प्रदेशकै सबैभन्दा बढी धनराशी पुरुस्कार भएको राजर्षि जनक कप फुटबल प्रतियोगिता चैत्र २ बाट सुरु
4 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
2 घन्टा पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
3 घन्टा पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
1 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
1 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
1 दिन पहिले
संवाददाता
संवाददाता
