+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नेपाल भारत सिमा सुचारु गर्न बैठक सम्पन्न

4 वर्ष पहिले प्रकाशित

तदेवेन्द्र आलोक, झापा
कुमरखोद (झापा)कार्तिक २६ गते । लामो समयदेखि कोरोना महामारीबाट बन्द रहेको कारण सिमा नाकाका स्थानीय दुबै तर्फका नागरिकहरुको जनजीबन प्रभाबित बनेको छ । यस सम्बन्धमा शुक्रबार झापा जिल्ला अन्तर्गत भारतीय सिमा क्षेत्र दिघलबैकमा नेपाल र भारत तर्फका स्थानीय बुध्दिजिबि,, पत्रकार, राजनीतिक ब्यक्तित्व, र ब्यापारीहरुको बैठक भारत नेपाल नागरिक मंचको ब्यानरमा सम्पन्न भएको छ।
उक्त बेठकले दिघलबैक–झापा स्थित भारत नेपाल सिमामा आबागमन सुचारु रुपले संचालन गर्न भारत तर्फका भारतीय सुरक्षा निकाय, जिल्ला प्रशासन , जन सरोकार निकाय र नेपाल तर्फका नेपाली सुरक्षा निकाय,जिल्ला प्रशासन समक्ष अनुरोध पत्र बुझाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी पत्रकार नरेन्द्र कुमार गुप्ताले गराए ।
भारत नेपाल पत्रकार युनियनका केन्द्रिय सदस्य प्रदिप नायकको अध्यक्षतामा बसेको बैठकले पेश गरिने अनुरोध पत्रमा भारत नेपाल दुबै पक्षका नागरिकहरु बीच रोटी बेटीको सम्बन्ध सदियौदेखि रही आएको छ।दुबै देशको सÞस्कृति पनि समान छ।दुबै देश बीच हरेक बर्ष हजारौको संख्यामा नया रिश्ता बिबाह बन्धनबाट
जोडिने गरेको उल्लेख छ।
पत्रमा नेपालीहरु औषधि उपचारका लागि ठूलो संख्यामा सिमा प्रयोग गरेर भारतीय शहरमा जाने क्रम जारी छ।यस्तो अबस्थामा आबागमन सहज बनाउन आबश्यक रहेको कुरामा जोड दिएको छ । यस सन्दर्भमा नेपाल भारत मैत्री परिषद केंद्रिय समितिको तर्फबाट प्रमुख सल्लाहकार देवेन्द्र किशोर ढुंगाना र नेपाली नागरिक पार्टी केन्द्रिय समिति को तर्फबाट केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले शुक्रबार छुट्टा छुट्टै बिज्ञप्ति प्रकाशित गरी नेपाल भारत सिमा क्षेत्र खुल्ला गरेर दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउन र आबागमन सहज बनाई सामाजिक,आर्थिक एवं सांस्कृतिक सम्बन्धलाई जिबन्त राख्न मद्दत पुग्ने कुरामा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले