तदेवेन्द्र आलोक, झापा
कुमरखोद (झापा)कार्तिक २६ गते । लामो समयदेखि कोरोना महामारीबाट बन्द रहेको कारण सिमा नाकाका स्थानीय दुबै तर्फका नागरिकहरुको जनजीबन प्रभाबित बनेको छ । यस सम्बन्धमा शुक्रबार झापा जिल्ला अन्तर्गत भारतीय सिमा क्षेत्र दिघलबैकमा नेपाल र भारत तर्फका स्थानीय बुध्दिजिबि,, पत्रकार, राजनीतिक ब्यक्तित्व, र ब्यापारीहरुको बैठक भारत नेपाल नागरिक मंचको ब्यानरमा सम्पन्न भएको छ।
उक्त बेठकले दिघलबैक–झापा स्थित भारत नेपाल सिमामा आबागमन सुचारु रुपले संचालन गर्न भारत तर्फका भारतीय सुरक्षा निकाय, जिल्ला प्रशासन , जन सरोकार निकाय र नेपाल तर्फका नेपाली सुरक्षा निकाय,जिल्ला प्रशासन समक्ष अनुरोध पत्र बुझाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी पत्रकार नरेन्द्र कुमार गुप्ताले गराए ।
भारत नेपाल पत्रकार युनियनका केन्द्रिय सदस्य प्रदिप नायकको अध्यक्षतामा बसेको बैठकले पेश गरिने अनुरोध पत्रमा भारत नेपाल दुबै पक्षका नागरिकहरु बीच रोटी बेटीको सम्बन्ध सदियौदेखि रही आएको छ।दुबै देशको सÞस्कृति पनि समान छ।दुबै देश बीच हरेक बर्ष हजारौको संख्यामा नया रिश्ता बिबाह बन्धनबाट
जोडिने गरेको उल्लेख छ।
पत्रमा नेपालीहरु औषधि उपचारका लागि ठूलो संख्यामा सिमा प्रयोग गरेर भारतीय शहरमा जाने क्रम जारी छ।यस्तो अबस्थामा आबागमन सहज बनाउन आबश्यक रहेको कुरामा जोड दिएको छ । यस सन्दर्भमा नेपाल भारत मैत्री परिषद केंद्रिय समितिको तर्फबाट प्रमुख सल्लाहकार देवेन्द्र किशोर ढुंगाना र नेपाली नागरिक पार्टी केन्द्रिय समिति को तर्फबाट केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले शुक्रबार छुट्टा छुट्टै बिज्ञप्ति प्रकाशित गरी नेपाल भारत सिमा क्षेत्र खुल्ला गरेर दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउन र आबागमन सहज बनाई सामाजिक,आर्थिक एवं सांस्कृतिक सम्बन्धलाई जिबन्त राख्न मद्दत पुग्ने कुरामा जोड दिएको छ ।
नेपाल भारत सिमा सुचारु गर्न बैठक सम्पन्न
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
