+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

नागरिक पार्टी व्दारा छानबीनको मांग

4 वर्ष पहिले प्रकाशित

कमला भट्टराई
दमक (झापा)असोज १६ गते । नेपाली नागरिक पार्टी दमक नगर समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरी झापा जिल्लाको दमक नगरपालिका बडा नं ४ मा अबस्थित हिमालय माध्यमिक विद्यालयको आर्थिक हिनामिना तथा अनियमितता भएको घटना प्रति हाम्रो गौरवशाली पार्टी नेपाली नागरिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तिमा देशकै नमूना एवं झापाको पुरानो विद्यालय जहां तीन हजार भन्दा बढी संख्यामा विधार्थीहरु अध्ययनरत छन । स्थानीय सरकारले अवैधानिक रूपमा राजनीति करणको आड भरोसामा गठन गरिएको कथित विद्यालय ब्यबस्थापन समितिको प्रत्यक्ष संलग्नतामा यो घृणित कार्य भएको दाबी गरेको छ ।
पार्टी दमक नगर समिति इन्चार्ज देबी भेटबाल व्दारा हस्ताक्षरित बिज्ञप्तिमा भनेको छ शिक्षा जस्तो पवित्र क्षेत्रमाउ राजनीतिक हस्तक्षेप हुनु हुदैन ।
त्यहा अध्ययन रतm विद्यार्थीहरुको अभिभावकले विद्यालयको नेतृत्व र संरक्षण गर्नु पर्छ भन्ने नेपाली नागरिक पार्टीको मांग रहेको सन्दर्भमा स्थानीय सरकारले विद्यालयलाई पार्टी कार्यकर्ता भर्ती केन्द्र बनाउनुले बास्तबमा बिद्यालयमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण हो ।
बिज्ञप्तिमा यस प्रबृत्तिले विद्यालयहरु देशब्यापी रुपमा ध्वस्त बन्दै गएको बताउदै विद्यालयमा भएको यो घटनाको न्यायोचित छानबीन गर्न छानबीन समिति गठन गर्नुपर्ने र तत्काल प्रतिबेदन सार्बजनिक गरी दोषी माथी कावार्ही गर्न जोडदारका साथ मांग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले