सनातन हिन्दूराष्ट्र स्थापना गर्न हिन्दुबादीहरुको क्रांतिकारी बिचार अनिवार्य शर्त हुनु पर्छ
4 वर्ष पहिले प्रकाशित
कमला भट्टराई÷मिथिला जागरण
दमक (झापा)असोज ११÷नेपाली नागरिक पार्टी झापा जिल्ला समितिको सचिबालयको बैठक सनातन हिन्दूराष्ट्र नेपालको निर्माण , राष्ट्रियता, राष्ट्रिय स्वाभिमान,र नागरिकको रक्षा र प्राप्तिका लागि राष्ट्रिय नागरिक आन्दोलन गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भयो।
नागरिक पार्टीले बिदेशी हस्तक्षेपकारी पूंजिबादी शासन ब्यबस्था खारेज गर्ने र सनातन बैदिक हिन्दुराष्ट्र सहितको शासन ब्यबस्था स्थापना गर्ने निर्णय गरेको छ ।बैठकले लोकतांत्रिक माध्यमका रुपमा रहेको बर्तमान संसदीय ब्यबस्थाको रुपान्तरण सहितको बैकल्पिक लोकतान्त्रिक मोडलको सनातन हिन्दूराष्ट्र नेपाललाई सम्बोधन गर्दे देशको निर्माणको पक्षमा सम्पूर्ण देशभक्त, राष्ट्रवादी, आध्यात्मवादी र बैकल्पिक लोकतन्त्रबादी शक्तिहरु बीच मोर्चा निर्माण गर्न पार्टी र पार्टी–संगठनहरु सकृयतापूर्बक पहल गर्ने निर्णय गरेको छ ।
पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाको अध्यक्षतामा र पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीको प्रमुख आतिथ्यमा भएको सो बैठले झापाको पार्टी हल्दिबारी गांउ समितिको इन्चार्जमा युबा ब्यबसायी,समाजसेबी,धार्मिक अभियन्ता श्री कैलाश साहुलाई मनोनयन गर्ने निर्णय सहित बैठकले राजनैतिक आन्दोलन सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
