रामेछाप । नेकपा एमाले रामेछापले ३२ औं मदन आश्रित स्मृति दिवसको अवसरमा शनिबार मन्थलीमा रहेको मदन आश्रित सालिकमा माल्यार्पण गर्नुका साथै उनीहरुले नेपाली कम्यूनिष्ट पार्टीमा पु–याएको योगदानको बारेमा चर्चा गरिएको छ ।
नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र जिल्ला अध्यक्ष कडरियाले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको सबैभन्दा ठुलो योगदान रहेको वताए । नेताद्धयको हत्या कहाँ बाट कसरी भयो ? भन्ने कुरा अहिले सम्म पनि त्यसको कुनै खुलस्त हुन नसकेको भन्दै उनीहरुले दासढुंगा हत्याकाण्ड रहस्यकै गर्भमा हुनु विडम्बना रहेको उल्लेख गरे ।
