+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

काँग्रेस विवाद, विहिबार डाकिएका दुवै बैठक भएनन्

7 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप । नेपाली काँग्रेस रामेछापका दुई खेमा विचको लडाईका कारण बिहिबार एकै समयमा डाकिएका दुई बेग्ला बेग्लै बैैठक स्थगीत भएका छन् ।

संस्थापन पक्षले डाकेको बैठक बुधबारनै सूचना जारी गरेर स्थगीत गरेको थियो । संस्थापन पक्षले बैठक स्थगीत गरेपछि जिल्ला सचिवहरुले डाकेको बैठक समेत स्थगीत गरीएको छ । जिल्ला सचिव विनोद कार्की र दीपक खड्काले विहिबार विग्यप्ति जारी गरी आउदा बैठक पदाधिकारीको पूर्व छलफलबाट तय गरी सचिवले आव्हान गर्ने वातावरणको लागि आग्रह गरेका छन् । एकपक्षिय जिल्ला समिति या कार्यसम्पादन समितिको बैठक आव्हान भएमा त्यसलाई प्रतिकार गर्ने चेतावनी समेत विग्यप्तिमा जनाइएको छ ।

बिहिबारका लागि संस्थापन पक्षले बोलाएकै स्थानमा सचिव द्धयले अर्को बैठक आव्हान गरेका थिए । स्थान र समय एकै भएपनि बैठकमा छलफलका लागि राखिएका एजेण्टा भने फरक फरक थिए । संस्थापन पक्षले जिल्ला सम्मेलन , क्रियासिल सदस्यता सम्बन्धि र विविध विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । उक्त बैठक आव्हान गरिएको पत्रमा कार्यवाहक जिल्ला सभापति लेखवहादुर कार्कीले दस्तखत गरेका थिए ।

तर जिल्ला सविच विनोद कार्की र दीपक खड्काले दस्तखत गरी आव्हान गरीएको बैठकमा विधान विपरीतका निर्णयहरु सच्याउने, आर्थिक सहयोग उठाउने र विविध विषय छलफलका लागि एजेण्डा तय गरीएका थिए ।

काँग्रेसका दुई खेमा विच लामो समय देखि विवाद हुदै आएको छ । जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) ले पार्टीमा प्रयाप्त छलफल नगरी पार्टीको विधान विपरित जिल्ला समितिमा निर्वाचित व्यक्तिहरुलाई निकाल्ने, कार्यसम्पादन समितिका सदस्यहरुलाई हटाउने लगाएतका कार्य उचित नभएको भन्दै पूर्व जिल्ला सभापति रामचन्द्र खड्का लगाएतका नेताहरुले पार्टीको केन्द्रीय प्रतिनिधि र केन्द्रीय कार्यालयमा निवेदन गरेका थिए ।

पार्टी जिल्ला समितिमा निर्वाचित ४ जना सदस्य सक्रिय राजनीति छोडेर विदेश गएकाले उनीहरुको स्थानमा पार्टीको केन्द्रीय समितिको स्वीकृतिमा ४ जनालाई नियुक्त गर्ने निर्णय जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले गराएका थिए । उक्त निर्णयमा खड्का पक्षधरको आपत्ति रहेको छ ।

तर सभापति पूर्णवहादुर तामाङ पक्षधरले भने पार्टीका बैठकमा सवैलाई बोलाएर बैठक राख्ने गरेकोले सबै निर्णय जिल्ला समितिको बैठक बाट भएको जनाउदै आएको छ । जिल्ला समितिको बैठक आव्हान गर्दा सहभागि नहुने, सहभागि भएपनि विचमा उठेर हिड्ने र पार्टी संगठनको मर्मत विपरितका अभिव्यक्ति दिदै हिड्ने कार्य खड्का पक्षधरबाट हुदै आएको जनाउदै आएको छ ।

काँग्रेसमा दुई खेमा विच हुने गरेका झै झगडा नयाँ भने होईनन् । केन्द्र देखि गाउँ सम्म गुट उपगुटमा विभाजन हुदै आएको काँग्रेसमा रामेछापको विवाद भने गुट उपगुट भन्दा पनि व्यक्तिबादीमा केन्द्रीत भएको छ । पद्धतिको भन्दा पनि व्यक्ति व्यक्ति विचको टकरावले काँग्रेस धरासयी हुदै गएको काँग्रेस कार्यकर्ताहरु चिन्तित हुदै गएका छन् । कार्यकर्ताहरुले तत्काल विवाद समाधान गरी एकैस्थानमा आउन नेताहरुलाई आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले