रामेछाप । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रामेछापका १० जना पत्रकारहरुले शनिबार रक्तदान गरेका छन् । मन्थली अस्पतालमा उक्त रक्तदान कार्यक्रम भएको थियो । जनस्वास्थ्य कार्यालय रामेछाप, मन्थली अस्पताल र नेपाल रेडक्रस सोसाईटीले रक्तदान कार्यक्रमका लागि समन्वय र प्राविधिक सेवा उपलव्ध गराएका थिए ।

महासंघको जिल्ला शाखा रामेछापका अध्यक्ष दिपक घिमिरेका अनुसार सोहि अवसर पारेर जिल्लाका ३१ जना पत्रकारहरुले पूर्ण शारिरीक स्वास्थ्य परिक्षण गराएका थिए ।
उक्त कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव सिंह धामीले मन्थली अस्पतालमा २४ सै घण्टा विरामीको आकस्मिक उपचार र प्रयोगशाला सेवा संचालन रहेको वताए । उनले अस्प्तालबाट संचालित स्वास्थ्य सेवाहरुका बारेमा जानकारी गराएका थिए ।