रामेछाप । रामेछाप जेसिजको १२ आंै शाखा अधिवेशनले जेसिज बर्ष २०२७ को लागि भरत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ ।
शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले शाखा जेसिजको कार्यकारिणी उपाध्यक्षमा अनिस केसी चुनिएका छन् । त्यसैगरी उपाध्यक्षहरुमा बेनुप रोका, कर्ण श्रेष्ठ, सुदिप खड्का, सरोज श्रेष्ठ र बोधकुमारी श्रेष्ठ चुनिएको रामेछाप जेसिजले जनाएको छ ।
जेसिज बर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए ।
