रामेछाप । १२ औं उद्योग दिवसका अवसरमा रामेछापमा विभिन्न ४ जना युवा व्यवसायीहरु सम्मानित भएका छन् । उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मकी ईन्दिरा बुढाथोकी, एलाईट एल्मुनियम युपिभिसी ग्लास तथा स्टिल फेब्रीकेशन ईन्डस्ट्रिजका मुकेश श्रेष्ठ, मन्थली मार्टका अनुराग साह र कस्मिरा कलेक्सनकी मनिषा नेपाली रहेका छन् । सम्मानित हुनेहरुलाई बागमति प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यालय प्रमुख खेमराज घिमिरेको अध्यक्षताम भएको उक्त कार्यक्रममा सरोकारवाला निकायहरु विच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
