रामेछाप । आर्थिक बर्ष २०८२।८३ मा रामेछाप जिल्लामा कार्यक्षेत्र रहेर सबैभन्दा बढी सरकारलाई आयकर बुझाउने मन्थलीको जिएस मार्केटिङ प्रालिका प्रोपाईटर श्याम थापा सम्मानित भएका छन् ।

आन्तरिक राजश्व कार्यालय धेलिखेलले सोमबार काभ्रेको धुलिखेलमा रााष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रममा थापा सम्मानित भएका हुन । थापा यसअघीका बर्षहरुमा पनि जिल्लामा सबैभन्दा बढी आयकर बुझाउने व्यवसायीको रुपमा सम्मानीत हुने गरेका थिए । उनले खाद्यान्न, निर्माण सामाग्री लगाएतको थोक व्यवसाय संचालन गर्दै आएका छन् । उनी रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

त्यसैगरी कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की समेत सम्मानित भएका छन् । दोलखा जिल्ला बाट आर्थिक बर्ष २०८१।८२ मा सबैभन्दा बढी आयकर बुझाउने थापाको श्रीजन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाईटर कार्की सम्मानित भएका हुन् । उनी दोलखा बाट लगातार ३ बर्ष देखि उत्कृष्ट करदाताको रुपमा सम्मानीत हुदै आएका छन् ।