रामेछाप । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा बुधबार मन्थलीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरी मन्थली बजार,बसपार्क हुदै मन्थली नगरपालिकाकाे कार्यालयमा पुगेको थियाे । 

मन्थली नगरपालिकाद्वारा आयोजित उक्त प्रभातफेरी कार्यक्रममा जिल्लामा क्रियासिल विभिन्न संघ संस्था, अधिकारकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रभातफेरी पछि मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले बर्तमान सन्दर्भमा लैंगिक हिंसाको अवस्था र सुधारका लागि भएका प्रयासहरुका बारेमा आ आफ्ना धारणा राखेका थिए । अभियान अन्तरगत आगामी १६ दिन सम्म विभिन्न गतिविधिहरु हुने जनाइएको छ ।