रामेछाप । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड, सञ्चारमाध्यम माथि नियन्त्रणको प्रयास तथा पत्रकारका पेसागत र श्रम अधिकारको उल्लङ्घनविरुद्ध नेपाल पत्रकार महासंघले आज देशभरी प्रदर्शन गरेका छन् ।
महासंघको केन्द्रीय समितिद्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत पत्रकारलाई सामूहिक गिरफ्तार गर भन्ने ब्यानर र प्लेकार्ड बाेकेर जिल्ला प्रशासन कार्यालयकाे मुल ढाेकामा प्रर्दशन गरेका हुन । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सभापति दिपक घिमिरेकाे नेतृत्वका जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियाे । महासंघको आव्हानमा बुधबार देशभर पत्रकारहरुले सिडियाे कार्यालयमा प्रदर्शन गरेका छन् ।
