रामेछाप । रामेछाप जिल्लामा प्रमुख जिल्ला अधिकारीको दरवन्दी विगत दुई महिना देखि रिक्त छ । निवर्तमान प्रजिअ बिनु बज्राचार्य कुँवरको सरुवा गरेपछि गृह मन्त्रालयले रामेछापमा अर्को प्रमुख जिल्ला अधिकारी पठाएको छैन् ।
सहसचिव स्तरको प्रजिअको दरवन्दी रहेको रामेछापमा उपसचिव अर्थात सहयाक प्रमुख जिल्ला अधिकारीले निमित्त प्रजिअको कार्यभार सम्हालेका छन् । जिल्लाको शान्ति सुरक्षा लगाएत आन्तरिक व्यवस्थापनमा कुनै समस्या नभएपनि नागरिकहरुका केहि काम भने प्रजिअ नहुदा अड्किएको छ । प्रजिअले निर्णय गरेर प्रदान गर्नुपर्ने खालका नागरिकता , मुद्धा, वैदेशिक नियोगमा पेश गर्ने कागजात, प्रमाणपत्र संशोधन, खारेजी लगाएत अन्य केहि महत्वपूर्ण कार्यमा निमित्तले दस्तखत गरेर हुदैन् । त्यसैले उक्त सेवाहरु प्रभावित भएका हुन् । निमित्त प्रजिअ रामवहादुर केसीले दैनिक प्रशासनिक काम भने गर्दै आएकै छन् । उनैलाई प्रजिअको कार्य गर्ने गरी अधिकार दिए नागरिकका सवै काम सहज हुने अवस्था हुन्थ्याे । तर मन्त्रालयले त्यस्ताे अधिकार उनलाई दिएको छैन् ।
प्रजिअ नभएको र नागरिकको काम अड्किएको कुरा बारम्बार माथिल्ला निकायमा सुनाउदा पनि गृह मन्त्रालयले वास्ता गरेको छैन् । बागमति प्रदेशका सांसद तथा संविधानसभा सदस्य तारानारायण श्रेष्ठले जनताको समस्या अल्झाएर राख्ने काम भएको भन्दै प्रजिअ नपठाएकोमा सरकार प्रति रोष पोखेका छन् । उनले सामाजिक सञ्चालमा प्रजिअ पठाउन नसक्ने भन्दै सत्तारुढ दलको आलोचना समेत गरेका छन् ।
