रामेछाप । गृह मन्त्रालयले रामेछापका लागि प्रमुख जिल्ला अधिकारीको रुपमा सह सचिव गीताकुमारी हुमागाईलाई खटाएको छ । मन्त्रालयको मंसिर ११ को निर्णय अनुसार हुमागाई लाई रामेछापको प्रजिअको रुपमा पदस्थापन गरीएको हो । उनी यसअघी गृह मन्त्रालयमा थिईन् ।
यसअघीकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालयमा तानेपछि रामेछाप दुई महिना प्रजिअ बिहिन रहेको थियो । प्रजिअ नहुदाँ कतिपय काम रोकिएकोले सेवा प्रवाहमा गम्भिर असर परेको भन्दै सरकारको आलोचना हुन थालेको थियो ।
